लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०५-१७
- A
- A-
- A+
महोत्तरी, बर्दिवास नगरपालिका ३ अस्थाई ट्राफिक प्रहरी पोष्ट गौरीडाँडा स्थित वि.पी. राजमार्गबाट लागु औषध खैरो हिरोईन जस्तो देखिने अर्ध ठोस पदार्थ ४२ ग्राम सहित जिल्ला सिराहा सुखिपुर नगरपालिका २ बस्ने राज कुमार महतोको छोरा वर्ष २४ को राजीव राज महतोलाई मंगलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । लागु औषध नियन्त्रण ब्युरो, शाखा कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको संयुक्त प्रहरी टोलीले सिरहाबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.४ ख. ६९१ नम्बरको यात्रु बाहक हायस गाडीमा सवार निजलाई शंका लागि चेक जाँज गर्दा निजको साथमा रहेको कालो रंगको झोला भित्र कालो प्लास्टिकले र्याप गरी राखिएको अवस्थामा उक्त लागु औषध फेला परेकोले लागु औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।