लागु औषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८२-०५-१९
- A
- A-
- A+
बारा,
जितपुर सिमरा उपमहानगरपालिका-१ पुर्बटोल स्थितबाट लागु औषध गाँजा ५ किलो ग्राम र BR
05 M 7718 नम्बरको भारतीय मोटरसाईक सहित जितपुर सिमरा उपमहानगरपालिका-११
खेस्रोल बस्ने मदन यादबको छोरा अन्दाजी बर्ष २० को मुना यादबलाई बुधवार बेलुका
प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी
टोलीले पथलैयाबाट जैतापुर तर्फ जाँदै गरेको उक्त मोटरसाईकललाई शंका लागि चेक जाँच
गर्दा मोटरसाईकलको ट्याङ्की मुनि फल्स बटम बनाई लुकाई छिपाई ल्याएको अवस्थामा उक्त
लागु औषध फेला परेकोले लागु औषध गाँजा सहित निजलाई नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।