प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागु औषध सहित मानिस नियन्त्रणमा

२०८२-०७-२६

  • A
  • A-
  • A+
Share

१.       बारा,परवानिपुर गाउपालिका वडा नं. ०५ गण्डक चौक स्थितबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ (प्लाष्टिक सहित ०.०५ मिलिग्राम), ना.३६ प ९७३२ नं.को मोटरसाइकल सहित फेटा गाउपालिका वडा नं. ०७ जोतपुर गमहरिया टोल बस्ने निपेन्द्र सिंहको छोरा अन्दाजि बर्ष २२ को आयुष सिंह र कलैया उपमहानगरपालिका वडा नं. ०५ कलैया बस्ने मनोज साहको छोरा अन्दाजि बर्ष २१ को सचिन साह समेतलाई मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय प्रसौनी बारा बाट खटिएको  प्रहरी गस्ती टोलिले फेटा बाट बिरगंज तर्फ जाँदै गरेको उक्त मोटरसाइकललाई शंका लागी रोकि चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक आयुष सिंहलाई खानतलासी गर्दा निजले लगाएको पाईन्टको पाइन्टको बाँया गोजिमा कालो प्लाष्टिमा बेरेर लुकाई छिपाई राखेको लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारी लागू औषध, मोटरसाईकल सहित दुबै जनालाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

२.        धनुषा, विदेह नगरपालिका वडा नं. ०१ मैनाथपुर बजार स्थितबाट लागू औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ (प्लाष्टिक सहित १ ग्राम ३२० मिलिग्राम) सहित औरही गाउपालिका वडा नं. ०६ चक्कर बस्ने मिथलेश सहनीको छोरा अन्दाजि बर्ष २० को जय किशोर सहनीलाई मंगलबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी ठाडिझीझाबाट खटिएको प्रहरी गस्ति टोलिले भारत बाट नेपाल तर्फ आउदै गरेको निज पैदल यात्रीलाई शंका लागी चेकजाँच गर्दा निजले लगाएको पाइन्टको दाँया खुट्टाको तल पेन्ट च्यातेर कालो प्लाष्टिकमा लुकाई छिपाइ राखेको खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी लागू औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

३.        धनुषा, विदेह नगरपालिका वडा नं. ०१ मैनाथपुर बजार स्थितबाट लागू औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ (प्लाष्टिक सहित १ ग्राम ३२० मिलिग्राम) सहित धनुषा उपमहानगरपलिका वडा नं. १६ पुलचोक बस्ने संजय साहको छोरा अन्दाजि बर्ष २० को नविन कुमार साहलाई मंगलबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी ठाडिझीझाबाट खटिएको प्रहरी गस्ति टोलिले भारत बाट नेपाल तर्फ आउदै गरेको निज पैदल यात्रीमाथी शंका लागी चेकजाँच गर्दा निजले लगाएको पाइन्टको दाहिने गोजी भित्र कालो प्लाष्टिकमा लुकाई छिपाइ राखेको खैरो हिरोईन जस्तो देखिने पदार्थ फेला पारी लागु औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

४.        पर्सा, पर्सागढी नगरपालिका वडा नं.०९ बडेर्वा पेट्रोल पम्प स्थित सिंहाइ खोलाको छेउबाट लागू औषध गाँजा (प्लाष्टिक बाहेक ९ किलो ३५० ग्राम तौल) सहित देश भारत बिहार राज्य जिल्ला बैशाली बिन्दुपुर ७ बस्ने शम्भु कुमार सिंहको छोरा अन्दाजि बर्ष २३ को राजा कुमार, राजमाइल पञ्चायत १३ बस्ने श्याम्दु दासको छोरा अन्दाजि बर्ष २३ को बिशाल कुमार र देश भारत बिहार राज्य जिल्ला छपरा सोनपुर वडा नं.३ सवलपुर नयाँ टोल बस्ने भुनेश्वर रामको छोरा अन्दाजि बर्ष २३ को पिन्टु कुमारलाई बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । अस्थाई प्रहरी पोष्ट मनवाबाट खटिएको  प्रहरी गस्ती टोलीले  निज पैदल यात्रीहरुमाथी शंका लागी चेकजाँच गर्दा निजहरुले आ-आफ्नो शरीरमा प्लाष्टिकले बेरी लुकाई छिपाई राखेको अवस्थामा लागू औषध गाँजा फेला पारी उक्त लागू औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-११-१०

१.      सर्लाही, हरिवन नगरपालिका-०१ तित्त्री चोकबाट लागू औषध गाँजा १० किलो ९४२ ग्राम सहित प्रदेश ३-०२-००२ प ४८८६ नं. को मोटरसाईकल शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । तित्त्रीचोक बाट हरिवन तर्फ आउदै गरेको मोटरसाईकलले सशस्त्र प्रहरी बल, सुरक्षा बेश हरिवनबाट खटिएको गस्ति टोलीलाई देख्ना साथ मोटरसाईकल सहित जेब्रा झोला छाडी फरार भएको र उक्त झोला चेकजाँच गर्दा लागू औषध गाँजा फेला पारी उक्त लागू औषध र मोटरसाईकल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय हरिवनमा बुझाएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      धनुषा, जनकपुरधाम उपमहानगरपालिका-०४ शान्ति टोलबाट लागूऔषध गाँजा ३४८ किलो ६२२ ग्राम सहित ना ७ ख २२३७ नम्बरको टिप्पर गाडी शनिबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलिले उक्त पदार्थ नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-११-०८

 १.      पर्सा, बिरगंज महानगरपालिका-११ श्रीपुरबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित १ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत बिहार राज्य पुर्वी चम्पारण जिल्ला नकरदेही थाना रक्सौल बस्ने अन्दाजि वर्ष २२ को बिकाश महतो रहेका छन् । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी गस्ती टोलिले भारतबाट नेपाल तर्फ आउँदै गरेको BR 05 BN 9190 नम्बरको मोटरसाइकलमा सवार निजलाई उक्त पदार्थ र मोटरसाइकल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ २.      सिरहा, लहान नगरपालिका-१० ग्रामिण चौक नजिकैबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ ग्राम ९० मिलिग्राम र प्र.२-०१-००१ प ४४०९ मोटरसाइकल सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सिराहा सुखिपुर नगरपालिका-८ बस्ने मसिलाल चौधरीको छोरी बर्ष अन्दाजि २१ की प्रिती कुमारी चौधरी, जिल्ला सप्तरी सुरुङगा नगरपालिका-५ कुशहा बस्ने बिलट चौधरीको छोरा अन्दाजि बर्ष २४ को भगवती चौधरी र जिल्ला सप्तरी अग्निसाईर कृष्णसवरन गाउँपालिका-१ महुली बस्ने प्रमानन्द चौधरीको छोरा अन्दाजि बर्ष १९ को शोभित चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलिले निजहरुलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३.      महोत्तरी, बर्दिबास नगरपालिका-०१ ट्राफिक प्रहरी कार्यालय अगाडीबाट अवैध लागूऔषध गाँजा ५ किलो ३० ग्राम सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जि. धनुषा छिरेश्वरनाथ नगरपालिका-०५ महेन्द्रनगर बस्ने अन्दाजि बर्ष ३६ को राम कैलाश अधिकारी र सोहि सोही स्थानमा बस्ने अन्दाजि बर्ष ३३ को सुनिल ढुंगेल रहेका छन् । इलाका प्रहरी कार्यालय बर्दिबास, जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त प्रहरी टोलिले पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको  प्र.२-०२-००३प. ५३० नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई उक्त पदार्थ र मोटरसाइकल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ

श्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा
२०८२-११-०८

१.      महोत्तरी, मनरासिस्वा नगरपालिका-०३ सोनौल बजारबाट श्रोत नखुलेको रकम रु.११,५१,३००/-(एघार लाख एकाउन्न हजार तिन सय) र म.प्र.०२-००९प.१५१७ नम्बरको मोटरसाइकल सहित २ जनालाई बिहिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला महोत्तरी सम्सी गाउँपालिका-७ बस्ने गौतम साह र निजको छोरा बर्ष ८ को छोटु कुमार साह रहेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरी र अस्थाई प्रहरी पोष्ट सरपल्लोबाट खटिएको संयुक्त प्रहरी टोलिले निजहरुलाई उक्त श्रोत नखुलेको रकम सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।