अबैध लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०७-२६
- A
- A-
- A+
१. बारा,परवानिपुर गाउपालिका वडा नं. ०५ गण्डक चौक स्थितबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ (प्लाष्टिक सहित ०.०५ मिलिग्राम), ना.३६ प ९७३२ नं.को मोटरसाइकल सहित फेटा गाउपालिका वडा नं. ०७ जोतपुर गमहरिया टोल बस्ने निपेन्द्र सिंहको छोरा अन्दाजि बर्ष २२ को आयुष सिंह र कलैया उपमहानगरपालिका वडा नं. ०५ कलैया बस्ने मनोज साहको छोरा अन्दाजि बर्ष २१ को सचिन साह समेतलाई मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय प्रसौनी बारा बाट खटिएको प्रहरी गस्ती टोलिले फेटा बाट बिरगंज तर्फ जाँदै गरेको उक्त मोटरसाइकललाई शंका लागी रोकि चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक आयुष सिंहलाई खानतलासी गर्दा निजले लगाएको पाईन्टको पाइन्टको बाँया गोजिमा कालो प्लाष्टिमा बेरेर लुकाई छिपाई राखेको लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारी लागू औषध, मोटरसाईकल सहित दुबै जनालाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
धनुषा, विदेह नगरपालिका वडा नं. ०१ मैनाथपुर
बजार स्थितबाट लागू औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ (प्लाष्टिक सहित १ ग्राम ३२०
मिलिग्राम) सहित औरही गाउपालिका वडा नं. ०६ चक्कर बस्ने मिथलेश सहनीको छोरा अन्दाजि
बर्ष २० को जय किशोर सहनीलाई मंगलबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी
चौकी ठाडिझीझाबाट खटिएको प्रहरी गस्ति टोलिले भारत बाट नेपाल तर्फ आउदै गरेको निज पैदल
यात्रीलाई शंका लागी चेकजाँच गर्दा निजले लगाएको पाइन्टको दाँया खुट्टाको तल पेन्ट
च्यातेर कालो प्लाष्टिकमा लुकाई छिपाइ राखेको खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला
पारी लागू औषध सहित निजलाई नियन्त्रणमा लिएको
हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
३.
धनुषा, विदेह नगरपालिका वडा नं. ०१ मैनाथपुर
बजार स्थितबाट लागू औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ (प्लाष्टिक सहित १ ग्राम ३२०
मिलिग्राम) सहित धनुषा उपमहानगरपलिका वडा नं. १६ पुलचोक बस्ने संजय साहको छोरा अन्दाजि
बर्ष २० को नविन कुमार साहलाई मंगलबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी
चौकी ठाडिझीझाबाट खटिएको प्रहरी गस्ति टोलिले भारत बाट नेपाल तर्फ आउदै गरेको निज
पैदल यात्रीमाथी शंका लागी चेकजाँच गर्दा निजले लगाएको पाइन्टको दाहिने गोजी भित्र
कालो प्लाष्टिकमा लुकाई छिपाइ राखेको खैरो हिरोईन जस्तो देखिने पदार्थ फेला पारी लागु
औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
४.
पर्सा, पर्सागढी नगरपालिका वडा नं.०९ बडेर्वा
पेट्रोल पम्प स्थित सिंहाइ खोलाको छेउबाट लागू औषध गाँजा (प्लाष्टिक बाहेक ९ किलो ३५०
ग्राम तौल) सहित देश भारत बिहार राज्य जिल्ला बैशाली बिन्दुपुर ७ बस्ने शम्भु
कुमार सिंहको छोरा अन्दाजि बर्ष २३ को राजा कुमार, राजमाइल पञ्चायत १३ बस्ने
श्याम्दु दासको छोरा अन्दाजि बर्ष २३ को बिशाल कुमार र देश भारत बिहार राज्य
जिल्ला छपरा सोनपुर वडा नं.३ सवलपुर नयाँ टोल बस्ने भुनेश्वर रामको छोरा अन्दाजि बर्ष
२३ को पिन्टु कुमारलाई बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । अस्थाई
प्रहरी पोष्ट मनवाबाट खटिएको प्रहरी गस्ती
टोलीले निज पैदल यात्रीहरुमाथी शंका लागी चेकजाँच
गर्दा निजहरुले आ-आफ्नो शरीरमा प्लाष्टिकले बेरी लुकाई छिपाई राखेको अवस्थामा लागू
औषध गाँजा फेला पारी उक्त लागू औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।