अबैध लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०७-२७
- A
- A-
- A+
१. बारा, जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १८ लामिडाँडा स्थितबाट लागू औषध गाँजा ( ६.५२० किलोग्राम), ट्रमाडोल १८ पत्ता (१८० ट्यसबलेट), Stasmo १३ पत्ता (६२० ट्याबलेट), Antykof ३ पत्ता (१३५ ट्याबलेट), Stagan25 २२ पत्ता (२२० ट्याबलेट) र नगद रकम रु.१९,३९०।– सहित जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १८ लामिडाँडा बस्ने पाल लामाको श्रिमती बर्ष ४० कि माईली थिङलाई बुधबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । लामिडाँडा बस्ने पाल लामाको घरमा लागु औषध बिक्री बितरण भईरहेको भने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिमरा र सशस्त्र प्रहरी बल नं. १२ गण हेडक्वाटरबाट खटिएको संयुक्त प्रहरी गस्ति टोलीले माईली थिङलाई नियन्त्रणमा लिई कानून बमोजिम निजको घर खानतलासी गर्दा निजको घरबाट उक्त लागू औषधहरु तथा नगद फेला पारी लागु औषध र नगद सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
सिरहा, सिरहा नगरपालिका वडा नं. ०१ राष्ट्रिय
बाणिज्य बैक छेउ स्थितबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ (प्लाष्टिक सहित २४ ग्राम ८२०
मिलिग्राम) र स ११ च ५४८५ नं.को मोटरसाइकल सहित सिरहा नगरपालिका वडा नं. १७
पटेर्वा बस्ने राम लोचन यादवको छोरा अन्दाजि बर्ष २५ को राम जिवन यादव र सोही
स्थानमा बस्ने राम सोगारथ यादवको छोरा अन्दाजि बर्ष २७ को दिपक कुमार यादवलाई
बुधबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । राष्ट्रिय बाणिज्य बैक छेउ स्थित
लागू औषध बिक्री बितरण भईरहेको भने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा,
वडा प्रहरी कार्यालय सिरहा र लागू औषध नियन्त्रण ब्युरो गोलबजारबाट खटिएको संयुक्त
प्रहरी गस्ति टोलीले बाटो छेउमा रोकी राखेको उक्त मोटरसाइकलको चालक र पछाडी
सवारलाई नियन्त्रणमा लिई कानून बमोजिम निजहरुको शरीर खानतलासी गर्दा राम जिवन
यादवको साथबाट प्लाष्टिकमा लुकाई छिपाई राखेको उक्त लागू औषध फेला पारी लागू औषध र
मोटरसाइकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।