अबैध लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०७-२८
- A
- A-
- A+
१. महोत्तरी, औरही नगरपालिका वडा नं. ०१ औरही चौक स्थितबाट लागू औषध गाँजा (प्लाष्टिक सहित ११.३६० किलोग्राम), BR 30 A 0608 नम्बरको मोटरसाइकल सहित देश भारत बिहार राज्य जिल्ला बेताली ५ पातेपुर बस्ने देवेन्द्र रामको छोरा अन्दाजि बर्ष २७ को गोबिन्द कुमार चमार र सोही स्थानमा बस्ने महोम्मद रिजवानको छोरा अन्दाजि बर्ष २१ को एकवाल महोम्मदलाई विहिबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी औराहीबाट खटिएको पिकेट टोलीले बर्दिबासबाट औराही तर्फ जादै गरेको उक्त मोटरसाइकल रोकी चेकजाँच गर्दा निजहरुको साथमा रहेको कालो प्लाष्टिकको २ वटा पोकामा लुकाई छिपाई राखेको लागू औषध गाँजा फेला पारी लागू औषध र मोटरसाइकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।