लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-०१
- A
- A-
- A+
१. सर्लाही,पर्सा गाउपालिका वडा नं. ०३ संग्रामपुर टोलबाट लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ (प्लाष्टिक बाहेक ११ ग्राम ९१ मिलिग्राम) सहित देश भारत जिल्ला सितामढी बेलागाँउ बस्ने शमद शेखको छोरा अन्दाजी बर्ष १८ को फरहाम रजा र देश भारत जिल्ला सितामढी सोनबर्षा बस्ने नसुरुदिन शेखको छोरा बर्ष अन्दाजी वर्ष २२ को तोशिफ रजालाई शुक्रबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । संग्रामपुर टोलमा सेवनकर्ताहरु लागु औषध सेवन गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय संग्रामपुरबाट खटिएको प्रहरी गस्ती टोलिले निजहरुलाई नियन्त्रणमा लिई चेक जाँच गर्दा तोशिफ रजाले आफ्नो अण्डरवेयर भित्र लुकाई छिपाई राखेको खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२. धनुषा, विदेह नगरपालिका वडा नं. ०१ प्रहरी चौकी ठाडिझीझा अगाडीबाट लागु औषध खैरो हेरोइन जस्तो देखिने तरल पदार्थ (प्लाष्टिक सहित ८ ग्राम २७० मिलिग्राम) सहित धनुषाधाम नगरपालिका वडा नं. ०७ किसानपुर बस्ने लक्ष्मण महराको छोरा अन्दाजी बर्ष २५ को सिकेन्द्र रामलाई आइतबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी ठाडिझीझाबाट खटिएको प्रहरी चेकिङ्ग टोलिले भारतबाट नेपाल तर्फ आउँदै गरेको निज पैदल यात्रीलाई शंका लागी चेक जाँच गर्दा निजले लगाएको सर्टको बायाँ खल्तीबाट कालो प्लाष्टिकमा लुकाई छिपाई राखेको खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी लागु औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।