अबैध सामान सहित ट्रक नियन्त्रणमा
२०८२-०८-०२
- A
- A-
- A+
१.
सर्लाही, बागमती नगरपालिका वडा नं. १२ स्थित
चेक प्वाईन्टबाट अबैध भन्सार छली ( बिल बिजक भन्दा फरक भएको ) डाइपर, भेटेनरी
मेडिसिन लगायत खुद्रा समानहरु गरी अन्दाजि मुल्य रु.४२,००,०००।–( अक्षरेपी बयालिस
लाख) बराबरको समान सहित ना ६ ख ४५१२ नम्बरको ट्रक मंगलबार बिहान प्रहरीले
नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कर्मैया सर्लाहीबाट
खटिएको प्रहरी चेकिङ टोलिले बिराटनगरबाट काठमाण्डौं तर्फ जादै गरेको उक्त ट्रकलाई
चेक जाँच गर्ने क्रममा बिल बिजक भन्दा फरक समानहरु भएकोले सामान सहित उक्त ट्रकलाई
नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय
पथलैया, बारामा बुझाईएको
छ ।