लागु औषध सहित मानिस नियन्त्रणमा:-
२०८२-०८-०२
- A
- A-
- A+
१. पर्सा, जगरनाथपुर गाउपालिका वडा नं. ०१ बिसनपुर्वा स्थितबाट लागू औषध गाँजा प्लाष्टिक सहित १० किलोग्राम तथा प्लाष्टिक बाहेक ९ किलो ८०० ग्राम सोमबार बिहान सश्स्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सश्स्त्र प्रहरी बल, नेपाल बि.ओ.पि. पिडारीगुठ्ठी पर्साबाट खटिएको प्रहरी गस्ति टोलीले नेपालबाट भारत तर्फ जादै गरेको नम्बर नखुलेको मोटरसाइकल रोक्न खोज्दा नरोकि भागेकोमा उक्त मोटरसाइकललाई लखेट्दै जादाँ मोटरसाइकल चालकले निजको साथमा रहेको प्लाष्टिकको बोरा छाडी मोटरसाइकल सहित फरार भएको र उक्त बोरा चेकजाँच गर्दा लागू औषध गाँजा फेला पारी लागू औषध नियन्त्रणमा लिई सश्स्त्र प्रहरीले इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली पर्सामा बुझाएको, फरार व्यक्तिको खोजतलास भईरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२. बारा,पचरौता नगरपालिका वडा नं. ०३ रामनगर नहर स्थितबाट लागू औषध गाँजा (प्लाष्टिक सहित ५४ किलोग्राम) सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी श्रीनगर बैरीया र प्रहरी चौकी अमृतगंज खजानीबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले कोतवाली बाट रामनगर तर्फ जादै गरेको प्रदेश २-०३-००६ प ३६१४ नं.को कालो २०० cc NS पल्सर मोटरसाइकल रोक्न खोज्दा नरोकि भागेकोमा उक्त मोटरसाइकललाई लखेट्दै जादाँ मोटरसाइकल चालक मोटरसाइकल सहित निजको साथमा रहेको सेतो रङको २ वटा बोरा र रातो कालो रङको बोरा १ वटा छाडी फरार भएको र उक्त बोराहरु चेकजाँच गर्दा लागू औषध गाँजा फेला पारी लागू औषध सहित मोटरसाइकल नियन्त्रणमा लिई, फरार व्यक्तिको खोजतलास भईरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
३.
सर्लाही, लालबन्दी नगरपालिका
वडा नं.०६ शिव मन्दिर स्थितबाट लागू औषध गाँजा (प्लाष्टिक सहित ३८ किलो ८९० ग्राम
) , प्रदेश २-०३-००१ ह ३२८ नम्बरको अटो र ना ६० प ५५६ नम्बरको १५० cc पल्सर मोटरसाइकल सहित हरीवन नगरपालिका वडा नं. ०१ कटौना बस्ने अन्दाजि
बर्ष ५५ को बद्री बहादुर श्रेष्ठलाई सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी गस्ती टोलिले लखनदेही लालबन्दी
भित्री सडक खण्डमा लखनदेही खोलाबाट लालबन्दी तर्फ आउदै गरेको उक्त अटो र मोटरसाइकल
माथी शंका लागी रोक्न खोज्दा मोटरसाइकल
चालक सोहि स्थानमा मोटरसाइकल छोडी फरार भएको तथा अटो, अटो चालक र मोटरसाइकल नियन्त्रणमा
लिई कानून बमोजिम चेकजाँच गर्दा अटोको सिट मुनी रातो प्लाष्टिकमा एक पोका र
मोटरसाइकल पछाडी बाधेको ६ पोकामा लागू औषध गाँजा फेला पारी लागू औषध, अटो र मोटरसाइकल सहित निजलाई
नियन्त्रणमा लिई, फरार व्यक्तिको खोजतलास भईरहेको छ । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।