लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-०३
- A
- A-
- A+
१. सर्लाही, मलंगवा नगरपालिका वडा नं. ०३ नगरपालिका चौक स्थितबाट लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ( प्लाष्टिक सहित १६ ग्राम ०४ मिलिग्राम, प्लाष्टिक बाहेक ८ ग्राम ३५० मिलिग्राम तौल ), BR 30 AL 4742 नम्बरको मोटरसाइकल सहित मलंगवा नगरपालिका वडा नं. ०३ बस्ने अन्दाजि बर्ष ३५ को मोहम्द अजमल मिकरानी र सोहि स्थानमा बस्ने अन्दाजि बर्ष ६० को मोहम्द एजाजुल हक मिकरानीलाई मंगलबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी गस्ती टोलीले बिशेष सुचनाको आधारमा उक्त मोटरसाइकललाई रोकी निजहरुलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा मोटरसाइकलको सिटमुनि पहेलो जिब्रा ब्याग भित्र कागजको खोलमा प्लाष्टिकको टेपले रेपिङ गरी लुकाई छीपाइ राखेको लागू औषध खैरो हेरोइन फेला पारी लागू औषध, मोटरसाइकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
महोत्तरी, बर्दिबास
नगरपालिका वडा नं. ०३ गौरीडाडाँ काटा स्थित बि.पि. राजमार्गबाट लागू औषध ब्राउन
सुगर ( प्लाष्टिक सहित १३.५४० ग्राम, प्लाष्टिक बाहेक ७.२ ग्राम तौल ) सहित जिल्ला
धनुषा नगराईन नगरपालिका वडा नं. ०९ घोरघास बस्ने जगन्नाथ ठाकुरको छोरा अन्दाजि बर्ष
३२ को पंकज कुमार ठाकुरलाई वुधबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका
प्रहरी कार्यालय बर्दिबास र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट
खटिएको संयुक्त प्रहरी टोलिले बिशेष सुचनाको अधारमा धनुषाबाट काठमाण्डौं तर्फ जादै
गरेको बाग्मती प्रदेश-०१-००६ ख ८७८२ नं. को यात्रुवाहक हाईस गाडीलाई रोकी उक्त
गाडिमा सवार निज ठाकुर माथी शंका लागी नियन्त्रणमा लिई कानुन बमोजिम निजको शरिर
खानतलासी गर्दा निजको साथमा रहेको सुन्तला रंगको प्लाष्टिकको खैनीको डिब्बा भित्र
खैनीले छोपी कालो प्लाष्टिकले बेरी बनाएको स-सानो ३६ वटा पोका लुकाई छिपाई राखेको
अवस्थामा लागू औषध ब्राउन सुगर फेला
पारी लागू औषध, सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।
३.
बारा, फेटा गाउपालिका वडा
नं. ०१ त्रिवेणीबाट लागू औषध ब्राउन सुगर ( प्लाष्टिक सहित २२.८७० ग्राम,
प्लाष्टिक बाहेक ७.९४० ग्राम तौल ) सहित फेटा गाउपालिका वडा नं. ०१ त्रिबेणी बस्ने
हरदेउ महतोको छोरा अन्दाजि बर्ष ४२ को कृष्ण महतो, सोहि स्थानमा बस्ने राम चन्द्र
बैठाको छोरा अन्दाजि बर्ष ३२ को लालु कुमार बैठा, सोहि स्थानमा बस्ने गाया साहको
छोरा अन्दाजि बर्ष ३६ को लालु साह, निजगढ नगरपालिका वडा नं. ०८ बस्ने जित बहादुर
लामाको छोरा अन्दाजि बर्ष ४० को राज कुमार लामा, निजगढ नगरपालिका वडा नं. ०७ बस्ने
प्रताप श्रेष्ठको छोरा अन्दाजि बर्ष २५ को अविषेक श्रेष्ठलाई वुधबार दिउँसो
प्रहरीले नियन्त्रणमा लिएको छ । कृष्ण महतोको घरमा ब्राउन सुगरको पुरिया बनाई
रहेको छ भनि बिशेष सुचनाको आधरमा इलाका प्रहरी कार्यालय प्रसौनी बारा र लागू औषध
नियन्त्रण ब्युरो शाखा कार्यालय पर्सा बिरगंजबाट खटिएको संयुक्त प्रहरी टोलिले निज
कृष्ण महतो लगायत सबैजनालाई पुरिया बनाई रहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई
कानून बमोजिम घर खानतलासी गर्दा उक्त लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ
फेला पारी लागू औषध सहित निजरहरुलाई
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।