लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-०४
- A
- A-
- A+
१. सिरहा, कर्जन्हा नगरपालिका वडा नं. ०३ बन्दिपुर चेकपोष्टबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ( प्लाष्टिक सहित २१.२९ ग्राम प्लाष्टिक बाहेक १५.६० ग्राम तौल ) सहित लाहान नगरपालिका वडा नं. ०१ लहान मटेर्वा टोल बस्ने अधिक लाल यादवको छोरा अन्दाजि बर्ष २२ को अमित यादवललाई बिहिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको प्रहरी टोलिले बिशेष सुचनाको अधारमा काकरभिट्टा देखि काठमाण्डौ तर्फ जादै गरेको बागमती प्रदेश-०३-००१ ख २६५४ नम्बरको यात्रुबाहक बसलाई रोकी उक्त बसमा सवार निज यादव माथी शंका लागी नियन्त्रणमा लिई कानुन बमोजिम निजको शरिर खानतलासी गर्दा निजको साथमा रहेको ब्याग भित्र प्लाष्टिकले बेरी लुकाई छिपाई राखेको अवस्थामा लागू औषध ब्राउन सुगर फेला पारी लागू औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।