लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-०५
- A
- A-
- A+
१. महोत्तरी, बर्दिबास नगरपालिका वडा नं. ०१ स्थित महेन्द्र राजमार्गबाट लागू औषध ट्रमाडोल ३०० पत्ता ( प्रति पत्ता १० पिसका दरले ३००० पिस ) सहित जिल्ला बारा निजगढ नगरपालिका वडा नं. ०७ योजना टोल बस्ने मोहन दर्लामीको छोरा वर्ष २७ को मुकेश दर्लामीलाई बिहिबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बर्दिबास र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलिले बिशेष सुचनाको आधारमा भक्सी पुलबाट पुर्व तर्फ जादै गरेको निज पैदल यात्रीमाथी शंका लागी नियन्त्रणमा लिई कानुन बमोजिम निजको शरिर खानतलासी गर्दा निजले हातमा झुण्ड्याएको न्यु लुक्स फेन्सी स्टोर लेखिएको कलेजी रंगको झोला भित्र कालो प्लाष्टिकमा लुकाई छिपाई गरी राखेको लागू औषध ट्रमाडोल फेला पारी लागू औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
सप्तरी, कञ्चनरुप
नगरपालिका वडा नं. ०२ बरमझिया स्थितबाट लागू औषध गाँजा ( बोरा र प्लास्टिक सहित
९८९ किलोग्राम तथा बोरा र प्लाष्टिक बाहेक ९७८ किलोग्राम ), ना ५ ख ५३५ नं.को ट्रक
सहित जिल्ला सुनसरी धरान नगरपालिका वडा नं.१३ बस्ने बर्ष २५ को संजय श्रेष्ठलाई
बिहिबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरी र
इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलिले गोप्य सुचनाको
आधारमा पुर्व पश्चिम महेन्द्र राजमार्गमा फत्तेपुरबाट भारदह तर्फ जादै गरेको उक्त ट्रकलाई
रोकी चेकजाँच गर्दा ट्रकमा फल्सबटम बनाई २८ वटा सेतो बोरा भित्र प्लाष्टिकले प्याक
गरी लुकाई छिपाई गरी राखेको अवस्थाबाट उक्त लागू औषध गाँजा फेला पारी लागू औषध र
ट्रक सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।