लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-०७
- A
- A-
- A+
१. रौतहट, चन्द्रपुर नगरपालिका वडा नं. ०४ स्थित देउराली चोकबाट लागू औषध ५,२५० पिस ट्रमाडोल सहित ना २५ प ६२८ नं.को मोटरसाइकल शुक्रबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहट, इलाका प्रहरी कार्यालय चपुर र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त प्रहरी टोलिले बिशेष सुचनाको आधारमा देउराली चोक नजिकै गौरबाट चपुर तर्फ आउदै गरेको उक्त मोटरसाइकललाई रोक्न खोज्दा मोटरसाइकल छाडी चालक फरार भएकोले मोटरसाइकललाई नियन्त्रणमा लिई चेकजाँच गर्दा रातो रंगको कपडाको झोलामा उक्त लागू औषध फेला पारी लागू औषध सहित मोटरसाइकल नियन्त्रणमा लिई, फरार रहेको व्यक्तीको खोजतलास भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२. सिरहा, लहान नगरपालिका वडा नं. ०१ पुर्व पश्चिम
लोकमार्ग सडकखण्डको ट्राफिक चौक स्थितबाट लागू औषध गाँजा ( बोरा र प्लाष्टिक बाहेक
१००४.४५० किलोग्राम ), ना ५ ख ३२०९ नम्बरको ट्रक सहित जिल्ला सखुवासभा धर्मदेवी
नगरपालिका वडा नं. ०९ छिपिधारा टोल बस्ने गंगा बहादुर विश्वकर्माको छोरा अन्दाजि
वर्ष २४ को टंक विश्वकर्मा र जिल्ला धनकुटा छथर जोरपारी गाउपालिका वडा नं. ०२
बस्ने शेखर राणा मगरको छोरा अन्दाजि वर्ष २२ को खेम राणा मगरलाई शनिबार राति
प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी
चेकिङ्ग टोलीले गोप्य सुचनाको आधारमा
पुर्व पश्चिम महेन्द्र राजमार्गमा मिर्चैयाबाट रुपनीतर्फ जादै गरेको उक्त ट्रकलाई
रोकी चेकजाँच गर्दा ट्रकमा फल्सबटम बनाई ३१ वटा सेतो बोरा भित्र प्लाष्टिकले प्याक
गरी लुकाई छिपाई गरी राखेको अवस्थाबाट उक्त लागू औषध गाँजा फेला पारी लागू औषध र
ट्रक सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।