अबैध लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१२
- A
- A-
- A+
१.
बारा, विश्रामपुर गाउपालिका वडा नं. ०१
खेखरिया स्थितबाट लागू औषध कोकिन जस्तो देखिने पदार्थ ( प्लाष्टिक सहित २१ ग्राम
६५० मिलिग्राम ), BR
05 AN 3532 न.को मोटरसाइकल सहित देश भारत पुर्वि चम्पारण बिहार
नायकटोल बस्ने श्याम सुन्दर साहको छोरा अन्दाजि बर्ष ३५ को लालबाबु साहलाई बिहिबार
दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय छतवा बाराबाट खटिएको
प्रहरी गस्ती टोलिले भारतबाट नेपाल तर्फ आउदै गरेको उक्त मोटरसाइकल माथी शंका लागी
नियन्त्रणमा लिई चेकजाँच गर्दा मोटरसाइकल पछाडी दुध बोक्नको लागी बनाएको फलामको
साँचो मुनि जुटको बोरामा लुकाई छिपाई गरी राखेको १९ वटा सेतो प्लाष्टिकको प्याकेटमा
उक्त लागू औषध फेला पारी लागू औषध र मोटरसाइकल सहित निजलाई नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
सिरहा, नरहा गाउपालिका वडा
नं. ०३ चौहर्वा चोक स्थितबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ( प्लाष्टिक
सहित ७ ग्राम १२० मिलिग्राम प्लाष्टिक बाहेक ६ ग्राम ०५ मिलिग्राम ) सहित जिल्ला
सर्लाही हरीवन नगरपालिका वडा नं. १० बस्ने पदम बहादुर रिजालको छोरा अन्दाजि बर्ष
३२ को कृष्ण रिजाल, उदयपुर कटारी नगरपालिका वडा नं. ०२ ग्रास बस्ने बिर बहादुर
मगरको छोरा अन्दाजि बर्ष २३ को केदार कुमार मगर, सोही स्थानमा बस्ने टेक बहादुर
थापाको छोरा अन्दाजि बर्ष १९ को अर्थमान थापा र सोही स्थानमा बस्ने हेम प्रसाईको
छोरा अन्दाजि बर्ष ३३ को देब प्रसाद प्रसाईलाई बिहिबार दिउँसो प्रहरीले
नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी चेकिङ्ग
टोलिले प्रतिबन्धित लागू औषध बिक्रि बितरण गर्नको लागी काठमाण्डौं केही ब्यक्तिहरु
जादै छ भन्ने गोप्य सुचनाको आधारमा काठमाण्डौं तर्फ जादै गरेको सवारी साधनहरुलाई
चेकजाँच गर्ने क्रममा मधेश प्रदेश-०४-००१ ख ०१७० नम्बरको ट्रक रोकी ट्रकमा सवार
निजहरु माथी शंका लागी नियन्त्रणमा लिई चेकजाँच गर्दा निज रिजालले लगाएको
ज्याकेटको दाहिने पट्टिको गोजिबाट कालो रङको प्लाष्टिकमा पोका बनाई लुकाई छिपाई राखेको
अवस्थाबाट उक्त लागू औषध फेला पारी लागू औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो
। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।