फरार कैदी नियन्त्रणमा
२०८२-०८-१२
- A
- A-
- A+
१.
रौतहट,चन्द्रनिगाहपुर नगरपालिका वडा नम्बर १०
बाल्चनपुर स्थितबाट ( Generation-Z
(Gen-Z) को आन्दोलनको क्रममा इलाका प्रहरी
कार्यालय चन्द्रनिगाहपुरको हिरासत कक्षबाट फरार रहेको बैंकिङ कसुर मुद्दाका फरार थुनुवा
रौतहट वृन्दाबन नगरपालिका वडा नम्वर ०९ बस्ने सहित मिया धुनियाको छोरा बर्ष ५२ को अमिन मिया धुनियालाई बिहिबार बेलुका
प्रहरीले नियन्त्रणमा लिएको छ । निज आफ्नै गाउँघरमा लुकीछिपी बस्दै आएको भन्ने
गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय डुमरीयाबाट खटिएको प्रहरी गस्ति
टोलिले निज बैंकिङ कसुर मुद्दाको थुनुवालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय
चन्द्रनिगाहपुरलाई बुझाइएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको
छ ।