लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१५
- A
- A-
- A+
१. बारा,
पचरौता नगरपालिका वडा नं. ०३ भठी बैरीया विधालय नजिकबाट लागू औषध Tramadol
( ४५९० पत्ता, ४५९०० पिस ) सोमबार बिहान प्रहरीले नियन्त्रणामा
लिएको छ । इलाका प्रहरी कार्यालय सिम्रौन्गढ र प्रहरी चौकी श्रीनगर बैरीयाबाट
खटिएको संयुक्त प्रहरी गस्ती टोलिले भारतबाट नेपाल तर्फ आउदै गरेको नम्बर नखुलेको
मोटरसाइकल माथी शंका लागी रोक्न खोज्दा मोटरसाइकल चालकले आफुसंग भएको बोरा फाली
मोटरसाइकल सहित फरार भएकोले बोरा चेकजाँच गर्दा बोरा भित्र उक्त लागू औषध Tramadol
फेला पारी नियन्त्रणमा लिई, फरार मोटरसाइकल र मोटरसाइकल चालकको
खोजतालस कार्य भईरहेको छ । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२. रौतहट,
चन्द्रपुर नगरपालिका वडा नं. ०४ सुन्दरबस्ती टोलबाट लागू औषध गाँजा ( ४ किलो ७५०
ग्राम ) सहित चन्द्रपुर नगरपालिका वडा नं. ०४ सुन्दरबस्ती टोल बस्ने नर बहादुर
योन्जनको छोरा अन्दाजी बर्ष ३३ को सुमन तामाङ योन्जनलाई आईतबार बेलुका प्रहरीले
नियन्त्रणमा लिएको छ । योन्जनले आफ्नै घरमा लागू औषध गाँजा बिक्री बितरण गरिरहेको
छ भने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको
प्रहरी चेकिङ् टोलिले निजलाई नियन्त्रणमा लिई कानुन बमोजिम निजको घर खानतलासी
गर्दा आफु सुत्ने कोठामा पलङको घर्रामा कालो प्लाष्टिकको झोलामा लुकाई छिपाई
राखेको अवस्थाबाट उक्त लागू औषध गाँजा फेला पारी लागू औषध सहित निजलाई नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।