प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा

२०८२-०८-१५

  • A
  • A-
  • A+
Share


१.      बारा, पचरौता नगरपालिका वडा नं. ०३ भठी बैरीया विधालय नजिकबाट लागू औषध Tramadol ( ४५९० पत्ता, ४५९०० पिस ) सोमबार बिहान प्रहरीले नियन्त्रणामा लिएको छ । इलाका प्रहरी कार्यालय सिम्रौन्गढ र प्रहरी चौकी श्रीनगर बैरीयाबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलिले भारतबाट नेपाल तर्फ आउदै गरेको नम्बर नखुलेको मोटरसाइकल माथी शंका लागी रोक्न खोज्दा मोटरसाइकल चालकले आफुसंग भएको बोरा फाली मोटरसाइकल सहित फरार भएकोले बोरा चेकजाँच गर्दा बोरा भित्र उक्त लागू औषध Tramadol फेला पारी नियन्त्रणमा लिई, फरार मोटरसाइकल र मोटरसाइकल चालकको खोजतालस कार्य भईरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

२.      रौतहट, चन्द्रपुर नगरपालिका वडा नं. ०४ सुन्दरबस्ती टोलबाट लागू औषध गाँजा ( ४ किलो ७५० ग्राम ) सहित चन्द्रपुर नगरपालिका वडा नं. ०४ सुन्दरबस्ती टोल बस्ने नर बहादुर योन्जनको छोरा अन्दाजी बर्ष ३३ को सुमन तामाङ योन्जनलाई आईतबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । योन्जनले आफ्नै घरमा लागू औषध गाँजा बिक्री बितरण गरिरहेको छ भने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी चेकिङ् टोलिले निजलाई नियन्त्रणमा लिई कानुन बमोजिम निजको घर खानतलासी गर्दा आफु सुत्ने कोठामा पलङको घर्रामा कालो प्लाष्टिकको झोलामा लुकाई छिपाई राखेको अवस्थाबाट उक्त लागू औषध गाँजा फेला पारी लागू औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-११-२७

१.      पर्सा, छिपहरमाई गाउँपालिका-३ झलमझियाबाट अवैध लागूऔषध गाँजा १किलोग्राम सहित १ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिपहरमाई गाउँपालिका-३ चार्गाहा बस्ने अन्दाजि बर्ष ६५ को जमुना राउत रहेका छन् । प्रहरी चौकी बुढगाई पर्साबाट खटिएको प्रहरी टोलिले निजलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      बारा, निजगढ नगरपालिका-११ रतनपुरबाट अवैध लागूऔषध  गाँजा १२ किलो २३० ग्राम सहित २ जनालाई मंगलवार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिपुर सिमरा उप-महानगरपालिका-१९ ईनर्वा सिरहा बस्ने फह देवानको छोरा अन्दाजि वर्ष ३५ को फिरोज देवान र जिल्ला रौतहट गौर नगरपालिका-९ बस्ने समिम देवानको छोरा अन्दाजि वर्ष १९ को तरबेज आलम रहेका छन् । अस्थाई प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरी गस्ती टोलिले निजहरुलाई ग ६ प ८८५१ र मधेश प्रदेश०३-०३८प.१२०९ नं.को मोटरसाइकल र उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-११-१०

१.      सर्लाही, हरिवन नगरपालिका-०१ तित्त्री चोकबाट लागू औषध गाँजा १० किलो ९४२ ग्राम सहित प्रदेश ३-०२-००२ प ४८८६ नं. को मोटरसाईकल शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । तित्त्रीचोक बाट हरिवन तर्फ आउदै गरेको मोटरसाईकलले सशस्त्र प्रहरी बल, सुरक्षा बेश हरिवनबाट खटिएको गस्ति टोलीलाई देख्ना साथ मोटरसाईकल सहित जेब्रा झोला छाडी फरार भएको र उक्त झोला चेकजाँच गर्दा लागू औषध गाँजा फेला पारी उक्त लागू औषध र मोटरसाईकल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय हरिवनमा बुझाएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      धनुषा, जनकपुरधाम उपमहानगरपालिका-०४ शान्ति टोलबाट लागूऔषध गाँजा ३४८ किलो ६२२ ग्राम सहित ना ७ ख २२३७ नम्बरको टिप्पर गाडी शनिबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलिले उक्त पदार्थ नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।