अबैध सामान सहित ट्रक नियन्त्रणमा
२०८२-०८-१६
- A
- A-
- A+
१. बारा, जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ०१ पथलैया चोकबाट अबैध भन्सार छली (बिलबिजक भन्दा फरक भएको) कटन मार्किङ कपडा, कुर्ता सुरुवाल, कर्टन सारी, लेडिज सल, प्रिन्ट कपडा र झोलाको कपडाहरु सहित अन्दाजी रु. ४२,५५,०००।– (बयालिस लाख पचपन्न हजार) बराबरको सामान सहित ना ७ ख ५८५२ नं.को ट्रक सोमबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीको चेकिङ्ग टोलीले विशेष सुचनाको आधारमा बिरगंजबाट काठमाण्डौं तर्फ जादै गरेको उक्त ट्रकमाथी शंका लागी नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा बिल बिजक भन्दा फरक समानहरु भएकोले सामान सहित उक्त ट्रकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको छ ।