प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्रोत नखुलेको पैसा (रकम) सहित मानिस नियन्त्रणमा

२०८२-०८-२४

  • A
  • A-
  • A+
Share


१. सिरहा, बरियारपट्टि गाउँपालिका वडा नं. २ स्थितबाट स्रोत नखुलेको नेपाली रकम नगद रु. ७,००,०००।– (सात लाख), BR32AW 8377 नं. को स्कुटी सहित जिल्ला सिरहा बरियारपट्टि गाउँपालिका गडा नं. ३ बस्ने गणेशी महतोको छोरा अन्दाजी बर्ष ४६ को दिनेश महतोलाई मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय महेशपुरपतार र प्रहरी चौकी कचनारीबाट खटिएको प्रहरीको संयुक्त टोलीले विशेष सुचनाको आधारमा भारतबाट नेपाल तर्फ आउदै गरेको स्कुटि रोकी चेकजाँच गर्दा स्कुटिको डिकीमा लुकाई छिपाई राखेको स्रोत नखुलेको नेपाली पैसा फेला पारी उक्त पैसा, स्कुटि सहित निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-११-१०

१.      सर्लाही, हरिवन नगरपालिका-०१ तित्त्री चोकबाट लागू औषध गाँजा १० किलो ९४२ ग्राम सहित प्रदेश ३-०२-००२ प ४८८६ नं. को मोटरसाईकल शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । तित्त्रीचोक बाट हरिवन तर्फ आउदै गरेको मोटरसाईकलले सशस्त्र प्रहरी बल, सुरक्षा बेश हरिवनबाट खटिएको गस्ति टोलीलाई देख्ना साथ मोटरसाईकल सहित जेब्रा झोला छाडी फरार भएको र उक्त झोला चेकजाँच गर्दा लागू औषध गाँजा फेला पारी उक्त लागू औषध र मोटरसाईकल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय हरिवनमा बुझाएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      धनुषा, जनकपुरधाम उपमहानगरपालिका-०४ शान्ति टोलबाट लागूऔषध गाँजा ३४८ किलो ६२२ ग्राम सहित ना ७ ख २२३७ नम्बरको टिप्पर गाडी शनिबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलिले उक्त पदार्थ नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-११-०८

 १.      पर्सा, बिरगंज महानगरपालिका-११ श्रीपुरबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित १ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत बिहार राज्य पुर्वी चम्पारण जिल्ला नकरदेही थाना रक्सौल बस्ने अन्दाजि वर्ष २२ को बिकाश महतो रहेका छन् । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी गस्ती टोलिले भारतबाट नेपाल तर्फ आउँदै गरेको BR 05 BN 9190 नम्बरको मोटरसाइकलमा सवार निजलाई उक्त पदार्थ र मोटरसाइकल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ २.      सिरहा, लहान नगरपालिका-१० ग्रामिण चौक नजिकैबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ ग्राम ९० मिलिग्राम र प्र.२-०१-००१ प ४४०९ मोटरसाइकल सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सिराहा सुखिपुर नगरपालिका-८ बस्ने मसिलाल चौधरीको छोरी बर्ष अन्दाजि २१ की प्रिती कुमारी चौधरी, जिल्ला सप्तरी सुरुङगा नगरपालिका-५ कुशहा बस्ने बिलट चौधरीको छोरा अन्दाजि बर्ष २४ को भगवती चौधरी र जिल्ला सप्तरी अग्निसाईर कृष्णसवरन गाउँपालिका-१ महुली बस्ने प्रमानन्द चौधरीको छोरा अन्दाजि बर्ष १९ को शोभित चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलिले निजहरुलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३.      महोत्तरी, बर्दिबास नगरपालिका-०१ ट्राफिक प्रहरी कार्यालय अगाडीबाट अवैध लागूऔषध गाँजा ५ किलो ३० ग्राम सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जि. धनुषा छिरेश्वरनाथ नगरपालिका-०५ महेन्द्रनगर बस्ने अन्दाजि बर्ष ३६ को राम कैलाश अधिकारी र सोहि सोही स्थानमा बस्ने अन्दाजि बर्ष ३३ को सुनिल ढुंगेल रहेका छन् । इलाका प्रहरी कार्यालय बर्दिबास, जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त प्रहरी टोलिले पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको  प्र.२-०२-००३प. ५३० नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई उक्त पदार्थ र मोटरसाइकल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ

श्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा
२०८२-११-०८

१.      महोत्तरी, मनरासिस्वा नगरपालिका-०३ सोनौल बजारबाट श्रोत नखुलेको रकम रु.११,५१,३००/-(एघार लाख एकाउन्न हजार तिन सय) र म.प्र.०२-००९प.१५१७ नम्बरको मोटरसाइकल सहित २ जनालाई बिहिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला महोत्तरी सम्सी गाउँपालिका-७ बस्ने गौतम साह र निजको छोरा बर्ष ८ को छोटु कुमार साह रहेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरी र अस्थाई प्रहरी पोष्ट सरपल्लोबाट खटिएको संयुक्त प्रहरी टोलिले निजहरुलाई उक्त श्रोत नखुलेको रकम सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।