स्रोत नखुलेको पैसा (रकम) सहित मानिस नियन्त्रणमा
२०८२-०८-२४
- A
- A-
- A+
१. सिरहा, बरियारपट्टि गाउँपालिका वडा
नं. २ स्थितबाट स्रोत नखुलेको नेपाली रकम नगद रु. ७,००,०००।– (सात लाख), BR32AW
8377 नं. को स्कुटी सहित जिल्ला सिरहा बरियारपट्टि
गाउँपालिका गडा नं. ३ बस्ने गणेशी महतोको छोरा अन्दाजी बर्ष ४६ को दिनेश महतोलाई
मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहा,
इलाका प्रहरी कार्यालय महेशपुरपतार र प्रहरी चौकी कचनारीबाट खटिएको प्रहरीको संयुक्त
टोलीले विशेष सुचनाको आधारमा भारतबाट नेपाल तर्फ आउदै गरेको स्कुटि रोकी चेकजाँच
गर्दा स्कुटिको डिकीमा लुकाई छिपाई राखेको स्रोत नखुलेको नेपाली पैसा फेला पारी उक्त
पैसा, स्कुटि सहित निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।