प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा

२०८२-०८-२४

  • A
  • A-
  • A+
Share


१. पर्सा, बिरगंज महानगरपालिका वडा नं. १६ नगवा पोखरी स्थितबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने वस्तु  (प्लाष्टिक सहित ३०० मिलिग्राम र प्लाष्टिक बाहेक १२० मिलिग्राम) सहित बिरगंज माहानगरपालिका वडा नं. १६ नगवा बस्ने राजवलि महतोको छोरा अन्दाजी वर्ष २० को नितेश महतोलाई मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी गस्ति टोलिले निज पैदल यात्री माथी शंका लागि चेकजाँच गर्दा निजले लगाएको ज्याकेटको दाँया खल्तिमा लुकाई छिपाई राखेको लागू औषध ब्राउन सुगर फेला पारी उक्त लागू औषध सहित निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

२. पर्सा, वीरगंज महानगरपालिका वडा नं. १५ प्रतिमा चौकबाट लागू औषध Tramol-50 लेखेको ६०५३ पत्ता - ६०५३० पिस) सहित जिल्ला धादिङ बेनीघाट रोराङ गाउँपालिका वडा नं. ६ बस्ने कुमार मगरको छोरा अन्दाजी बर्ष १९ को रामहरी मगर र जिल्ला धादिङ्ग सिदलेख गाउँपालिका वडा नं. ७ बस्ने गोबिन्द बहादुर मगरातीको छोरा अन्दाजी बर्ष १९ को राजकुमार मगरातीलाई मंगलबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी गस्ती टोलिले गोप्य सुचनाको आधारमा वीरगंज बाट काठमाण्डौं तर्फ जादैं गरेको बागमति प्रदेश ०८-००१ ज ०११७ नं. को EV गाडी रोकी चेकजाँच गर्दा उक्त गाडिमा रहेको दुई वटा सुटकेशमा लुकाई छिपाई राखेको अवस्थामा उक्त लागु औषध फेला पारी लागू औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

थप: माथी उल्लेखित लागु औषध सम्बन्धी प्रारम्भिक अनुसन्धानको शिलशिलामा जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं.२४ रामगढवा टोल बस्ने अन्दाजी बर्ष ४५ को लालबाबु प्रसाद चौरसियाको घरमा खानतलासी गर्दा Tramol-50 लेखिएको लागु औषध १५३४ पत्तामा जम्मा १५३४० क्याप्सुल सहित जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. २४ बस्ने कन्हैया प्रसाद कुर्मीको छोरा अं.बर्ष २० को युवराज पटेल र सोहि स्थान बस्ने बच्चा देवानको छोरा अं.बर्ष २१ को अफजल देवानलाई बुधबार राति प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

३. पर्सा, वीरगंज महानगरपालिका वडा नं. १० ठाकुराम क्याम्पसको नयाँ भवनबाट लागू औषध खैरो हेरोईन जस्तो देखिने वस्तु (प्लाष्टिक सहित १ ग्राम ६३० मिलिग्राम र प्लाष्टिक बाहेक १ ग्राम ४४० मिलिग्राम) सहित वीरगंज महानगरपालिका वडा नं. १७ अलौ बस्ने रामबाबु प्रसाद गुप्ताको छोरा अन्दाजी बर्ष २४ को बिशाल कुमार गुप्तालाई मंगलबार दिउँसो नियन्त्रणमा प्रहरीले लिएको छ । वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी गस्ति टोलिले निज पैदल यात्री माथी शंका लागि चेकजाँच गर्दा निजले बोकेको पर्सको भित्र लुकाई छिपाई राखेको लागू औषध खैरो हेरोईन फेला पारी लागू औषध सहित निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

४. धनुषा, जनकपुर उप-महानगरपालिका वडा नं. १६ कपिलेश्वर चेक पोईन्टबाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ (प्लाष्टिक सहित ४.७२० मिलिग्राम र प्लाष्टिक बाहेक ३.७६ मिलिग्राम), प्रदेश २-०२-००१ प ९१७३ नं.को मोटरसाईकल सहित जिल्ला धनुषा विदेह नगरपालिका वडा नं. १ ठाडी बस्ने राम प्रसाद साह तेलीको छोरा अन्दाजी बर्ष ४१ को अशोक कुमार साहलाई मंगलबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी कपिलेश्वरबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले भोईल बाट जनकपुर तर्फ आउदै गरेको मोटरसाईकल माथी शंका लागि चेकजाँच गर्दा उक्त मोटरसाईकलको सिट मुनी कालो प्लाष्टिकमा लुकाई छिपाई राखेको लागुऔषध फेला पारी उक्त लागुऔषध सहित मोटरसाईकल र निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-११-१०

१.      सर्लाही, हरिवन नगरपालिका-०१ तित्त्री चोकबाट लागू औषध गाँजा १० किलो ९४२ ग्राम सहित प्रदेश ३-०२-००२ प ४८८६ नं. को मोटरसाईकल शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । तित्त्रीचोक बाट हरिवन तर्फ आउदै गरेको मोटरसाईकलले सशस्त्र प्रहरी बल, सुरक्षा बेश हरिवनबाट खटिएको गस्ति टोलीलाई देख्ना साथ मोटरसाईकल सहित जेब्रा झोला छाडी फरार भएको र उक्त झोला चेकजाँच गर्दा लागू औषध गाँजा फेला पारी उक्त लागू औषध र मोटरसाईकल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय हरिवनमा बुझाएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      धनुषा, जनकपुरधाम उपमहानगरपालिका-०४ शान्ति टोलबाट लागूऔषध गाँजा ३४८ किलो ६२२ ग्राम सहित ना ७ ख २२३७ नम्बरको टिप्पर गाडी शनिबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलिले उक्त पदार्थ नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-११-०८

 १.      पर्सा, बिरगंज महानगरपालिका-११ श्रीपुरबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित १ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत बिहार राज्य पुर्वी चम्पारण जिल्ला नकरदेही थाना रक्सौल बस्ने अन्दाजि वर्ष २२ को बिकाश महतो रहेका छन् । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी गस्ती टोलिले भारतबाट नेपाल तर्फ आउँदै गरेको BR 05 BN 9190 नम्बरको मोटरसाइकलमा सवार निजलाई उक्त पदार्थ र मोटरसाइकल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ २.      सिरहा, लहान नगरपालिका-१० ग्रामिण चौक नजिकैबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ ग्राम ९० मिलिग्राम र प्र.२-०१-००१ प ४४०९ मोटरसाइकल सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सिराहा सुखिपुर नगरपालिका-८ बस्ने मसिलाल चौधरीको छोरी बर्ष अन्दाजि २१ की प्रिती कुमारी चौधरी, जिल्ला सप्तरी सुरुङगा नगरपालिका-५ कुशहा बस्ने बिलट चौधरीको छोरा अन्दाजि बर्ष २४ को भगवती चौधरी र जिल्ला सप्तरी अग्निसाईर कृष्णसवरन गाउँपालिका-१ महुली बस्ने प्रमानन्द चौधरीको छोरा अन्दाजि बर्ष १९ को शोभित चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलिले निजहरुलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३.      महोत्तरी, बर्दिबास नगरपालिका-०१ ट्राफिक प्रहरी कार्यालय अगाडीबाट अवैध लागूऔषध गाँजा ५ किलो ३० ग्राम सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जि. धनुषा छिरेश्वरनाथ नगरपालिका-०५ महेन्द्रनगर बस्ने अन्दाजि बर्ष ३६ को राम कैलाश अधिकारी र सोहि सोही स्थानमा बस्ने अन्दाजि बर्ष ३३ को सुनिल ढुंगेल रहेका छन् । इलाका प्रहरी कार्यालय बर्दिबास, जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त प्रहरी टोलिले पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको  प्र.२-०२-००३प. ५३० नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई उक्त पदार्थ र मोटरसाइकल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ

श्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा
२०८२-११-०८

१.      महोत्तरी, मनरासिस्वा नगरपालिका-०३ सोनौल बजारबाट श्रोत नखुलेको रकम रु.११,५१,३००/-(एघार लाख एकाउन्न हजार तिन सय) र म.प्र.०२-००९प.१५१७ नम्बरको मोटरसाइकल सहित २ जनालाई बिहिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला महोत्तरी सम्सी गाउँपालिका-७ बस्ने गौतम साह र निजको छोरा बर्ष ८ को छोटु कुमार साह रहेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरी र अस्थाई प्रहरी पोष्ट सरपल्लोबाट खटिएको संयुक्त प्रहरी टोलिले निजहरुलाई उक्त श्रोत नखुलेको रकम सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।