लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-२४
- A
- A-
- A+
१.
पर्सा, बिरगंज महानगरपालिका वडा नं. १६ नगवा पोखरी स्थितबाट लागू औषध ब्राउन सुगर
जस्तो देखिने वस्तु (प्लाष्टिक सहित ३००
मिलिग्राम र प्लाष्टिक बाहेक १२० मिलिग्राम) सहित बिरगंज माहानगरपालिका वडा नं. १६
नगवा बस्ने राजवलि महतोको छोरा अन्दाजी वर्ष २० को नितेश महतोलाई मंगलबार दिउँसो
प्रहरीले नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी
गस्ति टोलिले निज पैदल यात्री माथी शंका लागि चेकजाँच गर्दा निजले लगाएको
ज्याकेटको दाँया खल्तिमा लुकाई छिपाई राखेको लागू औषध ब्राउन सुगर फेला पारी उक्त
लागू औषध सहित निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२. पर्सा, वीरगंज महानगरपालिका वडा नं. १५ प्रतिमा चौकबाट लागू औषध Tramol-50 लेखेको ६०५३ पत्ता - ६०५३० पिस) सहित जिल्ला धादिङ बेनीघाट रोराङ गाउँपालिका वडा नं. ६ बस्ने कुमार मगरको छोरा अन्दाजी बर्ष १९ को रामहरी मगर र जिल्ला धादिङ्ग सिदलेख गाउँपालिका वडा नं. ७ बस्ने गोबिन्द बहादुर मगरातीको छोरा अन्दाजी बर्ष १९ को राजकुमार मगरातीलाई मंगलबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी गस्ती टोलिले गोप्य सुचनाको आधारमा वीरगंज बाट काठमाण्डौं तर्फ जादैं गरेको बागमति प्रदेश ०८-००१ ज ०११७ नं. को EV गाडी रोकी चेकजाँच गर्दा उक्त गाडिमा रहेको दुई वटा सुटकेशमा लुकाई छिपाई राखेको अवस्थामा उक्त लागु औषध फेला पारी लागू औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
थप: माथी उल्लेखित लागु औषध सम्बन्धी
प्रारम्भिक अनुसन्धानको शिलशिलामा जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं.२४
रामगढवा टोल बस्ने अन्दाजी बर्ष ४५ को लालबाबु प्रसाद चौरसियाको घरमा खानतलासी
गर्दा Tramol-50
लेखिएको लागु औषध १५३४ पत्तामा जम्मा १५३४० क्याप्सुल सहित जिल्ला
पर्सा वीरगंज महानगरपालिका वडा नं. २४ बस्ने कन्हैया प्रसाद कुर्मीको छोरा अं.बर्ष
२० को युवराज पटेल र सोहि स्थान बस्ने बच्चा देवानको छोरा अं.बर्ष २१ को अफजल
देवानलाई बुधबार राति प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।
३. पर्सा, वीरगंज महानगरपालिका वडा नं. १० ठाकुराम क्याम्पसको नयाँ भवनबाट लागू औषध खैरो हेरोईन जस्तो देखिने वस्तु (प्लाष्टिक सहित १ ग्राम ६३० मिलिग्राम र प्लाष्टिक बाहेक १ ग्राम ४४० मिलिग्राम) सहित वीरगंज महानगरपालिका वडा नं. १७ अलौ बस्ने रामबाबु प्रसाद गुप्ताको छोरा अन्दाजी बर्ष २४ को बिशाल कुमार गुप्तालाई मंगलबार दिउँसो नियन्त्रणमा प्रहरीले लिएको छ । वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी गस्ति टोलिले निज पैदल यात्री माथी शंका लागि चेकजाँच गर्दा निजले बोकेको पर्सको भित्र लुकाई छिपाई राखेको लागू औषध खैरो हेरोईन फेला पारी लागू औषध सहित निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
४. धनुषा, जनकपुर उप-महानगरपालिका वडा
नं. १६ कपिलेश्वर चेक पोईन्टबाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ
(प्लाष्टिक सहित ४.७२० मिलिग्राम र प्लाष्टिक बाहेक ३.७६ मिलिग्राम), प्रदेश २-०२-००१
प ९१७३ नं.को मोटरसाईकल सहित जिल्ला धनुषा विदेह नगरपालिका वडा नं. १ ठाडी बस्ने
राम प्रसाद साह तेलीको छोरा अन्दाजी बर्ष ४१ को अशोक कुमार साहलाई मंगलबार साँझ
प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी कपिलेश्वरबाट खटिएको प्रहरी चेकिङ्ग
टोलीले भोईल बाट जनकपुर तर्फ आउदै गरेको मोटरसाईकल माथी शंका लागि चेकजाँच गर्दा
उक्त मोटरसाईकलको सिट मुनी कालो प्लाष्टिकमा लुकाई छिपाई राखेको लागुऔषध फेला पारी
उक्त लागुऔषध सहित मोटरसाईकल र निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।