बिल बिजक नभएको औषधीहरु नियन्त्रणमा
२०८२-०८-२४
- A
- A-
- A+
१. बारा, जितपुरसिमरा उप-महानगरपालिका
वडा नं. २१ अम्लेखगंज चेक पोईन्टबाट अन्दाजी मुल्य रु. ५,१७,७९४।– (पाँच लाख सत्र
हजार सात सय चौरानब्बे रुपैया) बराबरको बिलबिजक नभएको भारतबाट ल्याईएका औषधीहरु
मंगलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय अम्लेखगंजबाट
खटिएको प्रहरी चेकिङ्ग टोलिले बिशेष सुचनाको आधारमा वीरगंजबाट काठमाण्डौं तर्फ
जादै गरेको बागमति प्रदेश ०१-००६ ख ७८२० नम्बनको यात्रु बाहक बस रोकि चेकजाँच
गर्दा लुकाई छिपाई राखेको Pregout Kit लेखिएको ९० पत्ता, Zenegra Red लेखिएको ८७८ पत्ता र V-Good Health लेखिएको ४०० पत्ता
औषधीहरु फेला पारी उक्त औषधीहरु प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२. सर्लाही, बागमति नगरपालिका वडा नं.
१२ कर्मैया चेकपोष्टबाट बिल-बिजक नभएको १९२ किलोग्राम अन्दाजी मुल्य रु. ४,५०,०००
।- (चार लाख पचास हजार) बराबरको (कालो ठुलो) इलाईची मंगलबार बिहान प्रहरीले
नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय हरिवन र कर्मैयाको संयुक्त प्रहरी टोलीले
बिशेष सुचनाको आधारमा गौर बाट जनकपुर तर्फ जादै गरेको ना ४ ख ८४८६ नम्बरको यात्रु
बाहक बसलाई रोकी चेकजाँच गर्दा उक्त बसमा लुकाई छिपाई लैजादै गरेको इलाईची फेला
पारी प्रहरीले नियन्त्रण लिई आवश्यक अनुसन्धान तथा कारवाहिको लागि मलगंवा भन्सार
कार्यालयमा बुझाएको छ ।