प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बिल बिजक नभएको औषधीहरु नियन्त्रणमा

२०८२-०८-२४

  • A
  • A-
  • A+
Share


१. बारा, जितपुरसिमरा उप-महानगरपालिका वडा नं. २१ अम्लेखगंज चेक पोईन्टबाट अन्दाजी मुल्य रु. ५,१७,७९४।– (पाँच लाख सत्र हजार सात सय चौरानब्बे रुपैया) बराबरको बिलबिजक नभएको भारतबाट ल्याईएका औषधीहरु मंगलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरी चेकिङ्ग टोलिले बिशेष सुचनाको आधारमा वीरगंजबाट काठमाण्डौं तर्फ जादै गरेको बागमति प्रदेश ०१-००६ ख ७८२० नम्बनको यात्रु बाहक बस रोकि चेकजाँच गर्दा लुकाई छिपाई राखेको Pregout Kit लेखिएको ९० पत्ता, Zenegra Red लेखिएको ८७८ पत्ता र V-Good Health लेखिएको ४०० पत्ता औषधीहरु फेला पारी उक्त औषधीहरु प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

२. सर्लाही, बागमति नगरपालिका वडा नं. १२ कर्मैया चेकपोष्टबाट बिल-बिजक नभएको १९२ किलोग्राम अन्दाजी मुल्य रु. ४,५०,००० ।- (चार लाख पचास हजार) बराबरको (कालो ठुलो) इलाईची मंगलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय हरिवन र कर्मैयाको संयुक्त प्रहरी टोलीले बिशेष सुचनाको आधारमा गौर बाट जनकपुर तर्फ जादै गरेको ना ४ ख ८४८६ नम्बरको यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्दा उक्त बसमा लुकाई छिपाई लैजादै गरेको इलाईची फेला पारी प्रहरीले नियन्त्रण लिई आवश्यक अनुसन्धान तथा कारवाहिको लागि मलगंवा भन्सार कार्यालयमा बुझाएको छ ।

सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-११-१०

१.      सर्लाही, हरिवन नगरपालिका-०१ तित्त्री चोकबाट लागू औषध गाँजा १० किलो ९४२ ग्राम सहित प्रदेश ३-०२-००२ प ४८८६ नं. को मोटरसाईकल शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । तित्त्रीचोक बाट हरिवन तर्फ आउदै गरेको मोटरसाईकलले सशस्त्र प्रहरी बल, सुरक्षा बेश हरिवनबाट खटिएको गस्ति टोलीलाई देख्ना साथ मोटरसाईकल सहित जेब्रा झोला छाडी फरार भएको र उक्त झोला चेकजाँच गर्दा लागू औषध गाँजा फेला पारी उक्त लागू औषध र मोटरसाईकल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय हरिवनमा बुझाएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      धनुषा, जनकपुरधाम उपमहानगरपालिका-०४ शान्ति टोलबाट लागूऔषध गाँजा ३४८ किलो ६२२ ग्राम सहित ना ७ ख २२३७ नम्बरको टिप्पर गाडी शनिबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलिले उक्त पदार्थ नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-११-०८

 १.      पर्सा, बिरगंज महानगरपालिका-११ श्रीपुरबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित १ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत बिहार राज्य पुर्वी चम्पारण जिल्ला नकरदेही थाना रक्सौल बस्ने अन्दाजि वर्ष २२ को बिकाश महतो रहेका छन् । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी गस्ती टोलिले भारतबाट नेपाल तर्फ आउँदै गरेको BR 05 BN 9190 नम्बरको मोटरसाइकलमा सवार निजलाई उक्त पदार्थ र मोटरसाइकल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ २.      सिरहा, लहान नगरपालिका-१० ग्रामिण चौक नजिकैबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ ग्राम ९० मिलिग्राम र प्र.२-०१-००१ प ४४०९ मोटरसाइकल सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सिराहा सुखिपुर नगरपालिका-८ बस्ने मसिलाल चौधरीको छोरी बर्ष अन्दाजि २१ की प्रिती कुमारी चौधरी, जिल्ला सप्तरी सुरुङगा नगरपालिका-५ कुशहा बस्ने बिलट चौधरीको छोरा अन्दाजि बर्ष २४ को भगवती चौधरी र जिल्ला सप्तरी अग्निसाईर कृष्णसवरन गाउँपालिका-१ महुली बस्ने प्रमानन्द चौधरीको छोरा अन्दाजि बर्ष १९ को शोभित चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलिले निजहरुलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३.      महोत्तरी, बर्दिबास नगरपालिका-०१ ट्राफिक प्रहरी कार्यालय अगाडीबाट अवैध लागूऔषध गाँजा ५ किलो ३० ग्राम सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जि. धनुषा छिरेश्वरनाथ नगरपालिका-०५ महेन्द्रनगर बस्ने अन्दाजि बर्ष ३६ को राम कैलाश अधिकारी र सोहि सोही स्थानमा बस्ने अन्दाजि बर्ष ३३ को सुनिल ढुंगेल रहेका छन् । इलाका प्रहरी कार्यालय बर्दिबास, जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त प्रहरी टोलिले पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको  प्र.२-०२-००३प. ५३० नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई उक्त पदार्थ र मोटरसाइकल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ

श्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा
२०८२-११-०८

१.      महोत्तरी, मनरासिस्वा नगरपालिका-०३ सोनौल बजारबाट श्रोत नखुलेको रकम रु.११,५१,३००/-(एघार लाख एकाउन्न हजार तिन सय) र म.प्र.०२-००९प.१५१७ नम्बरको मोटरसाइकल सहित २ जनालाई बिहिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला महोत्तरी सम्सी गाउँपालिका-७ बस्ने गौतम साह र निजको छोरा बर्ष ८ को छोटु कुमार साह रहेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरी र अस्थाई प्रहरी पोष्ट सरपल्लोबाट खटिएको संयुक्त प्रहरी टोलिले निजहरुलाई उक्त श्रोत नखुलेको रकम सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।