लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-२५
- A
- A-
- A+
१. धनुषा, धनौजी गाउँपालिका वडा नं. ०४ तरही स्थितबाट लागू औषध ७८ पिस I-pan-10 र १५ पिस Spasmo – Proxyvon plus गरी जम्मा ९३ पिस सहित जिल्ला धनुषा सबैला नगरपालिका वडा नं. १३ रघुनाथपुर बस्ने शिव दयाल यादवको छोरा अन्दाजी वर्ष २५ को बैधनाथ यादवलाई बुधबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी धनौजीबाट खटिएको प्रहरी चेकिङ् टोलिले विशेष सुचनाको आधारमा भारतबाट नेपाल तर्फ आउदै गरेको पैदल यात्रीलाई प्रहरीले नियन्त्रणमा लिई कानुन बमोजिम रितपुर्वक चेकजाँच गर्दा निजको साथबाट उक्त लागू औषध फेला परेको हुँदा लागू औषध सहित निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।