लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-२६
- A
- A-
- A+
१ सिरहा, मिर्चैया नगरपालिका वडा नं. ७ छगरियाबाट
लागु औषध ३.५ किलोग्राम गाँजा र बा ४२ प ४७७७ नम्बरको मोटरसाईकल सहित जिल्ला
उदयपुर तापली गाउँपालिका वडा नं. २ लेखगाउँ नयाँ बस्ने नन्द बहादुर राईको छोरा
अन्दाजी बर्ष ४८ को प्रेम बहादुर राईलाई बिहिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको
छ । अस्थायी प्रहरी पोष्ट फुलवरियाबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले उदयपुरबाट
मिर्चैया तर्फ आउँदै गरेको मोटरसाईकल रोकि चेकजाँच गर्ने क्रममामा निजले पछाडि
बोकेको भिर्ने झोलाबाट लागु औषध फेला पारी उक्त लागु औषध र मोटरसाईकल सहित निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२. पर्सा, ठोरी गाउँपालिका वडा नं. ४ निर्मलबस्तीबाट लागु औषध ९१ किलोग्राम गाँजा बिहिबार राति प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर सुवर्णपुर पर्साबाट खटिएको सशस्त्र प्रहरीको गस्ति टोलीले नेपाल बाट भारत तर्फ जादै गरेको ९/१० जनाको अज्ञात व्यक्तिहरुले ढाँडमा बोकी लैजादै गरेको अवस्थामा प्रहरी टोलीलाई देखि गाँजा छाडि फरार भएकोले उक्त लागु औषध सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । उक्त लागुऔषध सोहि दिन दिउँसो प्रहरी चौकी बिजयबस्तिका प्रहरी टोलीले बरामद गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि इलाका पहरी कार्यालय ठोरी पठाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।