खुद्रा सामानहरु सहित ट्रकहरु प्रहरीको नियन्त्रणमा
२०८२-०८-२६
- A
- A-
- A+
१.
पर्सा, वीरगंज महानगरपालिका वडा नं. २१
परवानीपुर हनुमान चौकबाट अन्दाजी मुल्य रु. १,८६,६१,९७९।– बराबरको बिल बिजक भन्दा
बढि भएको खुद्रा सामानहरु सहित ना ८ ख ४५६३ र ना ८ ख २१०८ नम्बरको ट्रकहरु मंगलबार
राति प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी
परवानीपुरको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा वीरगंज बाट पथलैया तर्फ
जादैं गरेको ट्रकहरु माथी शंका लागि रोकेर चेकजाँच गर्दा बिल बिजक भन्दा बढि भएको
खुद्रा समानहरु फेला पारी उक्त सामानहरु सहित ट्रकहरु नियन्त्रणमा लिई आवश्यक
अनुसन्धान तथा कारवाहीको लागी बिहिबार बिहान राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा
बुझाईएको छ ।