लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-२८
- A
- A-
- A+
१. सर्लाही, लालबन्दी नगरपालिका वडा
नं. ०५ स्थित डाँडाटोलबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने धुलो पद्धार्थ २१२
ग्राम सहित जिल्ला सर्लाही ईश्वरपुर नगरपालिका ०३ घर भई हाल लालबन्दी नगरपालिका वडा
नं. ०५ स्थितमा बिगत ४ बर्ष देखी सेकेण्ड होम होस्टेल संचालन गरी बसेका अन्दाजी बर्ष
३४ को सुवास लमिछानेलाई शनिबार बेलुका प्रहरीले नियन्त्रणमा छ । इलाका
प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलिले लालबन्दीमा निर्माण भईरहेको
घरमा लागू औषध लुकाई छिपाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा तलासी गर्दा उक्त
घरको पश्चिम दक्षिण कोठा भित्र रहेको भित्ताको प्वालमा कालो रंगको प्लाष्टिकमा प्याक
गरी राखेको लागू औषध फेला पारी उक्त लागु औषध सहित निजलाई प्रहरीले नियन्त्रणमा लिएको
हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२. सर्लाही, बरहथवा नगरपालिका वडा नं.१२
स्थितबाट लागू औषध (प्लास्टिक सहित ३१ किलो ५९० ग्राम, प्लाष्टिक बाहेक ३१ किलो
४०० ग्राम) गाँजा, प्रदेश १-०२-०५२ प ३५०६ नम्बरको मोटरसाइकल सहित जिल्ला सर्लाही
लालबन्दी नगरपालिका वडा नं. १४ बस्ने टेक बहादुर ठोकरको छोरा अन्दाजी बर्ष २५ को
मान बहादुर ठोकर र सोही स्थान बस्ने जित बहादुर स्याङतानको छोरा अन्दाजी बर्ष २९
को कान्छाराम स्याङतानलाई शनिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका
प्रहरी कार्यालय हिरापुरबाट खटिएका गस्ती टोलीले लालदियर बाट धनगढा तर्फ जाँदै
गरेको मोटरसाइकल रोकी चेकजाँच गर्दा उक्त मोटरसाइकलको पछाडी राखेको बोरामा र चालकले
भिरेको झोलामा राखेको लागू औषध फेला पारी उक्त लागु औषध, मोटरसाइकल सहित निजहरुलाई
प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको
छ ।