बिलबिजक भन्दा फरक भएको सामानहरु सहित ट्रकहरु प्रहरीको नियन्त्रणमा
२०८२-०८-२८
- A
- A-
- A+
१.
बारा, जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ०१
पथलैया चेकप्वाईन्ट स्थितबाट बिलबिजक भन्दा फरक भएको खुर्सानी, मोबिल, सर्जिकल,
पेन्ट, किट्नासक औषधी, चना, ईलेक्ट्रिकल, जुत्ता, टेपसोल, लिक्युड, मोबिल, मेडिसियन
तथा जाली लगायतका) अन्दाजी रु.१,९४,४२,४१४।- (एक करोड चौरानब्बे लाख बयालिस हजार
चार सय चौध) बराबरको सामान सहित ना ७ ख ९९९६, ना ७ ख ११७४, ना ६ ख २९१६ र प्रदेश ०२-०३-००१
ख ४४८५ नम्वरको ट्रकहरु शनिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी
पथलैयाबाट खटिएको प्रहरी चेकिङ्ग टोलिले बिशेष सुचनाको आधारमा वीरगंज बाट पथलैया
तर्फ आउदै गरेको ट्रकहरुलाई रोकी चेकजाँच गर्दा उक्त ट्रकमा बोकेको सामानहरु
बिलबिजक भन्दा फरक देखिएकोले उक्त सामानहरु सहित ट्रकहरु प्रहरीले नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।