स्रोत नखुलेको नगद रकमसहित मानिस प्रहरीको नियन्त्रणमा ।
२०८२-०८-२८
- A
- A-
- A+
१.
रौतहट, मौलापुर नगरपालिका वडा नं. ०३ लालबकैया
बाध स्थितबाट स्रोत नखुलेको नेपाली रकम रु.११,४७,०००।- (एघार लाख सर्चालिस हजार) नगद,
मधेश प्रदेश ०३-०३३ प ३११० नम्बरको मोटरसाइकल सहित जिल्ला बारा सिमरौनगढ नगरपालिका
११ भवानिपुर बस्ने लक्ष्मि प्रसाद कलवारको छोरा अन्दाजी बर्ष ३६ को मुन्ना प्रसाद
जैसवाललाई शुक्रबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय
मौलापुरबाट खटिएको प्रहरी चेकिङ टोलिले हरनैया बाट देवाही तर्फ जादै गरेको उक्त
मोटरसाइकल रोकी चेकजाँच गर्दा मोटरसाइकलको लेगाडमा झुण्डाएको झोलामा राखेको स्रोत
नखुलेको नेपाली पैसा फेला पारी, मोटरसाइकल सहित निजलाई प्रहरीले नियन्त्रणमा लिएको
हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।