अबैध हतियार प्रहरीको नियन्त्रणमा
२०८२-०८-२८
- A
- A-
- A+
१.
सर्लाही, हरिवन नगरपालिका वडा नं. १ बेलडाँडा
स्थितबाट भरुवा बन्दुक शुक्रबार दिउसो प्रहरीले फेला पारेको छ । जिल्ला सर्लाही
हरिवन नगरपालिका वडा नं. १ बेलडाँडा बस्ने अन्दाजी बर्ष ४२ को सोम बहादुर ब्लोनलाई
सोहि स्थान बस्ने भिम बहादुर वाईबाले पुर्व रिसिबीको कारण भरुवा बन्दुकको कुनाले
प्रहार गरी ब्लोनको टाउको र शरीरको विभिन्न भागमा चोटपटक लागि घाईते भएको भन्ने
खबर प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय हरिवनबाट खटि गएको प्रहरी टोलीले
घट्नास्थलमा खोज तलास गर्दा कुटपिट गर्ने वाईबा फरार रहेको र निजले झाडिमा फालेको भरुवा
बन्दुक फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा फरार रहेको व्यक्तिलाई
प्रहरीले खोज तलास तथा आवश्यक अनुसन्धान गरिरहेको छ ।