श्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा
२०८२-०९-२०
- A
- A-
- A+
१.
पर्सा, जगरनाथपुर गाउपालिका वडा नं. ०३ गडेया
टोलबाट स्रोत नखलेको रकम नेपाली रु. १०,०२,०१०।-( दश लाख दुई हजार दश रुपैयाँ
मात्र ), ना १६ प ३०२० नम्बरको मोटरसाइकल सहित पर्सा सखुवा प्रसौनि गाउपालिका वडा
न. ०४ देवरवाना बस्ने पारस साहको छोरा अन्दाजि बर्ष २० को पबन साह, सोही स्थानमा
बस्ने ईकराहिम मिया अंन्सारी को छोरा अन्दाजि बर्ष ३० को मुस्ताक अंसारी र सोही
स्थानमा बस्ने राजेश्वर पासवानको छोरा अन्दाजि बर्ष १३ को राम पुकार पसावान
समेतलाई शुक्रबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय
पटेर्वासुगौली, पर्सा र प्रहरी चौकी पाण्डेपुरबाट खटिगएको संयुक्त प्रहरी चेकिङ्
टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको उक्त मोटरसाइकलमाथी शंका लागि नियन्त्रणमा
लिई चेकचाज गर्दा निज चालक पबन साहले आफ्नो शरिरको ढाडमा लुकाई छिपाई राखिएको
नेपाली रु ७,५०,०००।–( सात लाख पचास हजार ), सोही मोटरसाइकलको बिचमा सवार रहेको
निज मुस्ताक अंसारीले आफ्नो शरिरको ढाडमा लुकाई छिपाई राखेको नेपाली
रु.२,५२,०१०।–(दुई लाख बाउन्न हजार दश रुपैया ) गरी उक्त जम्मा रकम फेला पारी,
स्रोत नखुलेको रकम, मोटरसाइकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।