सवारी साधनहरु नियन्त्रणमा लिएको सम्बन्धी
२०८२-०९-२१
- A
- A-
- A+
१.
रौतहट, ईशनाथ नगरपालिका वडा नं. ४ महुलिया टोल
स्थितबाट शंकास्पद अवस्थामा रहेको भारतीय WB16AK3973 नं.को इको स्पोर्ट
कार, BR05R6221 स्कुटर, BR05A3985 प्यासन
प्रो, BR05U3317, BR06BZ8008,
BR05S8539 र BR05AF7394 ग्यालेम्भर र BR05AA3365, BR05AY1224 र नम्बर प्लेट नभएको २ वटा स्पलेण्डर
मोटरसाईकल सहित जम्मा ११ वटा सवारी साधनहरु प्रहरीले शनिबार राति नियन्त्रणमा
लिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको
आधारमा जिल्ला रौतहट ईशनाथ नगरपालिका वडा नं. ४ स्थितमा रहेको आँपको बगैंचामा
लुकाई छिपाई राखेको उल्लेखित सवारी साधनहरुलाई प्रहरी नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।