नक्कली नोट सहित मानिस नियन्त्रणमा
२०८२-०९-२१
- A
- A-
- A+
१.
बारा, सुवर्ण गाउँपालिका वडा नं. ३ सतगंज
स्थितबाट लालिगुरासको वाटरमार्क छापिएको १००० लेखिएको कागज थान -१८० र सादा कागज
७५ गरी जम्मा २५५ थान,
भारतय रूपैयाँ रु.५००।– दरका
३१७ वटा नोटहरू जम्मा रू.१,५८,५००।–(एक लाख अन्ठाउन्न हजार पाँच सय ), नक्कली
पेस्तोल १ थान, BR 05 AF 2511 नं.को भारतीय मोटरसाईकल, नक्कली नोट छाप्न
प्रयोग हुने उपकरणहरु सहित जिल्लाको कलैया उप-महानगरपालिका वडा नं. ०२ कवलपुर
वस्ने रघुनाथ राउतको छोरा वर्ष २८ को गौरी शंकर यादव र जिल्ला बारा फेटा गाउँपालिका
वडा नं. ०३ फेटा बस्ने राम भरोस श्रीवास्तको छोरा वर्ष २८ को रबि कुमार श्रीवास्तवलाई
आइतबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बारा र जिल्ला
प्रहरी परिसर भद्रकाली काठमाण्डौंबाट खटिएको संयुक्त प्रहरीको टोलीले निज गौरीशंकर
यादवलाई नियन्त्रणमा लिई नक्कली नोटहरुको बारेमा सोधपुछ गर्दा निजले छाप्ने/बनाउने
गरेको छैन, भारतमा कोठा गरी बस्ने रबि कुमार श्रीवास्तवले जाली नोटहरु
छाप्ने/बनाउने गर्छन् भन्ने सूचनाको आधारमा जाली नोटहरू छाप्ने/बनाउने आवश्यक
सम्पुर्ण उपकरणहरू लगायतका सामाग्रीहरू लिएर नेपाल आउन भनि यादवले श्रीवास्तवलाई
भनेको हुँदा भारतबाट नेपाल तर्फ आउँदै गरेको उक्त मोटरसाईकलको पछाडि सिटमा जाली
नोटहरु छाप्ने/बनाउने कम्प्युटर लगायत प्रिन्टिङ्ग मेसिन समेत बाँधी आउँदै गरेको
अवस्थामा उक्त सामानहरु सहित फेला पारी सामान सहित मोटरसाईकल, नक्कली पेस्तोल,
रुपैयाँ र श्रीवास्तवलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।