अबैध समान सहित ट्रकहरु नियन्त्रणमा
२०८२-०९-२४
- A
- A-
- A+
महोत्तरी, पिपरा गाँपालिका वडा नं. ०५ स्थितबाट भन्सार प्रज्ञापन पत्रमा उल्लेखित समानहरु शंकास्पद देखिएकोले अन्दाजी नेपाली रु. ६६,०३,२००।– ( छैसठ्ठी लाख तिन हजार दुई सय ) बराबरको ६५,०८० किलोग्राम सखर, UP 38 AT 4125 , BR 06 GF 6929 नम्वरको ट्रकहरु सहित चालक देश भारत यु.पि. जिल्ला सम्मल दिपासराय ग्राम पञ्चायत बस्ने अन्दाजी बर्ष ५० को जाबेद उल ईस्लाम र सितामढि रंजितपुर ग्राम पञ्चायत २ बस्ने अन्दाजी बर्ष ३९ को कृष्ण यादबलाई बुधबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएका प्रहरी चेकिङ्ग टोलिले जलेश्वरबाट जनकपुर तर्फ जादै गरेको उक्त ट्रकहरुलाई रोकी चेकजाँच गर्ने क्रममा लोड रहेको सखर (गुड) सहितको ट्रकहरुको भन्सार प्रज्ञापन पत्रमा उल्लेखित जिल्ला भन्दा अन्यत्र जिल्ला तर्फ जादै गरेको अवस्थाबाट ट्रकहरु सहित निजहरुलाई नियन्त्रणमा लिई पथलैया भन्सार कार्यालय,बारा पठाईएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।