प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा

२०८२-०९-२५

  • A
  • A-
  • A+
Share


१.       पर्सा,बिन्दवासिनी गाउँपालिका वडा नं. ०२ गर्दैलबाट २२ किलोग्राम लागु औषध चरेश जस्तो देखिने पदार्थ सहित बीरगंज महानगरपालिका वडा नं. १५ मुर्ली बस्ने अन्दाजि बर्ष २० को रैस अलि र पोखरिया नगरपालिका वडा नं. ०८ बस्ने अन्दाजि बर्ष ५५ को मुनिलाला पटेललाई विहिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय पोखरिया र अस्थाई प्रहरी पोष्ट बहुअर्वाबठाबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलिले बिरगंज पोखरिया सडक खण्डमा शंकास्पद रुपमा हिडिरहेको निज दुई जनै पैदल यात्रीहरुमाथी शंका लागि नियन्त्रणमा लिई चेकजाँच गर्दा दुबै जनाले बोकेको कालो झोला भित्र राखिएको पानी खाने १० लिटरको ग्यालनमा लागु औषध चरेश जस्तो देखिने पर्दाथ रैस अलिले बोकेको ग्यालनमा ग्यालन सहित १० किलो ६०० ग्राम तथा मुनिलाला पटेलले बोकेको ग्यालनमा ग्यालन सहित ११ किलो ४०० ग्राम फेला पारी लागु औषध चरेश जस्तो देखिने पदार्थ सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

२.      बारा, प्रसौनी गाउँपालिका वडा नं. ०१ नकटुवाबाट २ किलो २४ ग्राम लागु औषध अफिम, BR01CL6079 नं.को कार सहित पर्सा बहुदरमाई नगरपालिका वडा नं. ०७ बस्ने राम नारायण राउत कुर्मिको छोरा अन्दाजि बर्ष ३८ को निलेश पटेल कुर्मी, बीरगंज महानगरपालिका वडा नं. ११ श्रीपुर बस्ने मोहम्मद समिरको छोरा अन्दाजि बर्ष ३२ को जौवाद अमहद तथा पर्सा बिन्दाबासिनी गाउँपालिका वडा नं. ०२ बस्ने रामएकवाल प्रसाद चौरसियाको छोरा अन्दाजि बर्ष ४८ को शेषनाथ चौरसियालाई विहिबार साझँ प्रहरीले नियन्त्रणमा लिएको छ । पतञ्जलीबाट नकटुवा तर्फ जादै गरेको उक्त भारतीय नम्बर प्लेटको कारमा निषेधित लागु औषध अफीम बोकी हिडेको बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय प्रसौनी, बारा र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पर्साबाट खटिएको संयुक्त प्रहरी चेकिङ् टोलिले उक्त गाडिलाई बाटोमा रोकी नियन्त्रणमा लिई चेकजाँच गर्दा कारको पछाडिको सिट माथि कालो प्लाष्टिकमा प्याक गरी राखेको २ पोका लागु औषध अफिम फेला पारी लागु औषध, कार सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-११-१०

१.      सर्लाही, हरिवन नगरपालिका-०१ तित्त्री चोकबाट लागू औषध गाँजा १० किलो ९४२ ग्राम सहित प्रदेश ३-०२-००२ प ४८८६ नं. को मोटरसाईकल शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । तित्त्रीचोक बाट हरिवन तर्फ आउदै गरेको मोटरसाईकलले सशस्त्र प्रहरी बल, सुरक्षा बेश हरिवनबाट खटिएको गस्ति टोलीलाई देख्ना साथ मोटरसाईकल सहित जेब्रा झोला छाडी फरार भएको र उक्त झोला चेकजाँच गर्दा लागू औषध गाँजा फेला पारी उक्त लागू औषध र मोटरसाईकल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय हरिवनमा बुझाएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      धनुषा, जनकपुरधाम उपमहानगरपालिका-०४ शान्ति टोलबाट लागूऔषध गाँजा ३४८ किलो ६२२ ग्राम सहित ना ७ ख २२३७ नम्बरको टिप्पर गाडी शनिबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलिले उक्त पदार्थ नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-११-०८

 १.      पर्सा, बिरगंज महानगरपालिका-११ श्रीपुरबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित १ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत बिहार राज्य पुर्वी चम्पारण जिल्ला नकरदेही थाना रक्सौल बस्ने अन्दाजि वर्ष २२ को बिकाश महतो रहेका छन् । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी गस्ती टोलिले भारतबाट नेपाल तर्फ आउँदै गरेको BR 05 BN 9190 नम्बरको मोटरसाइकलमा सवार निजलाई उक्त पदार्थ र मोटरसाइकल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ २.      सिरहा, लहान नगरपालिका-१० ग्रामिण चौक नजिकैबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ ग्राम ९० मिलिग्राम र प्र.२-०१-००१ प ४४०९ मोटरसाइकल सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सिराहा सुखिपुर नगरपालिका-८ बस्ने मसिलाल चौधरीको छोरी बर्ष अन्दाजि २१ की प्रिती कुमारी चौधरी, जिल्ला सप्तरी सुरुङगा नगरपालिका-५ कुशहा बस्ने बिलट चौधरीको छोरा अन्दाजि बर्ष २४ को भगवती चौधरी र जिल्ला सप्तरी अग्निसाईर कृष्णसवरन गाउँपालिका-१ महुली बस्ने प्रमानन्द चौधरीको छोरा अन्दाजि बर्ष १९ को शोभित चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलिले निजहरुलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३.      महोत्तरी, बर्दिबास नगरपालिका-०१ ट्राफिक प्रहरी कार्यालय अगाडीबाट अवैध लागूऔषध गाँजा ५ किलो ३० ग्राम सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जि. धनुषा छिरेश्वरनाथ नगरपालिका-०५ महेन्द्रनगर बस्ने अन्दाजि बर्ष ३६ को राम कैलाश अधिकारी र सोहि सोही स्थानमा बस्ने अन्दाजि बर्ष ३३ को सुनिल ढुंगेल रहेका छन् । इलाका प्रहरी कार्यालय बर्दिबास, जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त प्रहरी टोलिले पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको  प्र.२-०२-००३प. ५३० नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई उक्त पदार्थ र मोटरसाइकल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ

श्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा
२०८२-११-०८

१.      महोत्तरी, मनरासिस्वा नगरपालिका-०३ सोनौल बजारबाट श्रोत नखुलेको रकम रु.११,५१,३००/-(एघार लाख एकाउन्न हजार तिन सय) र म.प्र.०२-००९प.१५१७ नम्बरको मोटरसाइकल सहित २ जनालाई बिहिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला महोत्तरी सम्सी गाउँपालिका-७ बस्ने गौतम साह र निजको छोरा बर्ष ८ को छोटु कुमार साह रहेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरी र अस्थाई प्रहरी पोष्ट सरपल्लोबाट खटिएको संयुक्त प्रहरी टोलिले निजहरुलाई उक्त श्रोत नखुलेको रकम सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।