लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०९-२८
- A
- A-
- A+
१.
सिरहा,
नवराजपुर गाउँपालिका वडा नं. ०५ झाझपट्टीबाट लागु औषध ब्राउन सुगर (प्लाष्टिक सहित
तौल गर्दा ४१.५४ ग्राम र प्लाष्टिक बाहेक तौल गर्दा ३९.९० ग्राम), प्रदेश २-०१-००२
प १६०८ नम्बरको मोटरसाईकल सहित जिल्ला सिरहा सखुवानन्कारकट्टी गाउँपालिका वडा नं.
२ बस्ने आनन्द कामैतको छोरा अन्दाजी बर्ष २२ को श्रवन कुमार कामैतलाई शनिबार
दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय महेशपुर पतार र
झाझपट्टी सिरहाबाट खटिएको प्रहरीको संयुक्त गस्ति टोलीले भारतबाट नेपाल तर्फ आउँदै
गरेको उक्त मोटरसाईकल माथी शंका लागि रोकेर चेकजाँच गर्दा निजले स्टिलको बट्टा
भित्र लुकाई छिपाई राखेको लागु औषध ब्राउन सुगर फेला पारी उक्त लागु औषध सहित
मोटरसाईकल र निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान
गरिरहेको छ ।
२.
महोत्तरी, बर्दिवास नगरपालिका वडा नं. ०३
गौरीडाँडा स्थितबाट लागु औषध ब्राउन सुगर (प्लाष्टिक सहित १७.४३० ग्राम र
प्लाष्टिक बाहेक शुद्द तौल १३.२४० ग्राम) सहित जिल्ला सिरहा धनगढी वडा नं. ५ हाल
परिवर्तित गोलबजार नगरपालिका वडा नं. ०२ जनमटोली बस्ने रेश बहादुर श्रेष्ठको छोरा
अन्दाजी बर्ष ३५ को विशाल श्रेष्ठ र जिल्ला सिरहा गोलबजार नगरपालिका वडा नं. ०४
नेपनीया टोल बस्ने दिनेश विश्वकर्मालाई शनिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ
। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बर्दिवास र लागु औषध ब्युरो शाखा
कार्यालय बर्दिवासबाट खटिएको संयुक्त प्रहरी टोलीले लहानबाट काठमाण्डौं तर्फ जाँदै
गरेको बागमति प्रदेश ०१-००६ ख ६८७४ नं. को यात्रुबाहक EV गाडि
रोकी चेकजाँच गर्दा उक्त गाडिको सिट नं. A मा बसेको विशाल
कुमार श्रेष्ठ र सिट नं. B मा बसेको दिनेश विश्वकर्मा माथी
शंका लागि रितपुर्वक निजहरुको शरीर तथा निजहरुले बोकेको झोला समेत खानतलासी गर्दा
विशाल श्रेष्ठले बोकेको कालो लेदरको साईड भिर्ने झोला भित्र प्लाष्टिक भित्र र्याप
गरी लुकाई छिपाई राखेको २ पोका लागु औषध
ब्राउन सुगर फेला पारी उक्त लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
३.
सप्तरी सुरुङ्गा नगरपालिका वडा नं.०४
कदमाहाबाट लागु औषध Diazepam -18 एम्पुल, Phenergan - 17 एम्पुल, Buprenorphin -18
एम्पुल सहित स ४ प ७७२३ नम्बरको मोटरसाईकल र जिल्ला सप्तरी सुरुङ्गा
नगरपालिका वडा नं. ०७ चकदह (गाछी टोल) बस्ने दुर्गानन्द चौधरीको छोरा अन्दाजी बर्ष
२२ को पारसमणी चौधरी र सोहि स्थान बस्ने देविन चौधरीको छोरा अन्दाजी बर्ष २० को
विनय चौधरीलाई आइतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी
कार्यालय भेडिया सप्तरीबाट खटिएको प्रहरी गस्ति टोलीले उक्त मोटरसाईकल माथी शंका
लागि रोकेर चेकजाँच गर्दा पछाडि सवार विनय चौधरीको साथमा लुकाई छिपाई राखेको लागु
औषध फेला पारी उक्त लागु औषध सहित मोटरसाईकल र निजहरुलाई नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
४.
रौतहट, परोहा नगरपालिका वडा नं. ०७ बसिर
चौकबाट १२६ पत्ता ट्रामोल ट्याबलेट लागु औषध, BR05BL 8846 नं. को भारतीय मोटरसाईकल
सहित जिल्ला बारा निजगढ नगरपालिका वडा नं. ०७ बस्ने भक्त बहादुर पुलामी मगरको छोरा
अन्दाजी बर्ष ३० को शेखर पुलामी मगर र देश भारत जिल्ला मोतिहारी ग्राम पन्चायत
कवैया वडा नं. ०६ बस्ने शंकर यादवको छोरा अन्दाजी बर्ष १८ को गुलु कुमार यादवलाई
आइतबार राति प्रहरी नियन्त्रणमा लिएको छ । प्रहरी चौकी मोतिपुर नरकटिया रौतहटबाट
खटिएको प्रहरी गस्ति टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको उक्त भारतीय नम्बरको
मोटरसाईकल माथी शंका लागि रोकेर चेकजाँच गर्दा निजहरुले साथमा लुकाई छिपाई गरी
ल्याउदै गरेको लागु औषध फेला पारी उक्त लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको
हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
५.
पर्सा, वीरगंज महानगरपालिका वडा नं. १४ गण्डक
चौक स्थितबाट ४ किलो ३०० ग्राम लागु औषध गाँजा सहित जिल्ला पर्सा वीरगंज
महानगरपालिका वडा नं. २८ बगही बस्ने अन्दाजी बर्ष ५० को राम सुरेश सहनीलाई आइतबार
बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी गण्डक पर्साबाट खटिएको चेकिङ्ग
टोलीले परवानीपुरबाट वीरगंज तर्फ जाँदै गरेको निज साइकल यात्री माथी शंका लागि
रोकेर चेकजाँच गर्दा निजले शरीरमा लुकाई छिपाई गरी लैजादै गरेको लागु औषध गाँजा
फेला पारी उक्त गाँजा सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले
अनुसन्धान गरिरहेको छ ।