स्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा
२०८२-०९-२८
- A
- A-
- A+
१.
सर्लाही, मलगंवा नगरपालिका वडा नं. ०९
निमगासीबाट श्रोत नखुलेको नेपाली रु. ५,५०,०००।– (पाँच लाख पचास हजार), BR30AC 2605 नम्बरको भारतीय मोटरसाईकल सहित जिल्ला सर्लाही कौडेना गाउँपालिका वडा नं. ०७
सक्रौल बस्ने प्रमेश्वर शर्माको छोरा अं. बर्ष २३ को अर्जुन बरही र जिल्ला सर्लाही
कौडेना गाउँपालिका वडा नं. ६ सक्रौल बस्ने राम परिक्षण साहको छोरा अन्दाजी बर्ष ४६
को संजय साहलाई आइतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी
गोरखकाली सर्लाहीबाट खटिएको प्रहरी गस्ति टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको
उक्त भारतीय मोटरसाईकल माथी शंका लागि रोकेर चेकजाँच गर्दा पछाडि सवार संजय साहले
बोकेको खैरो रंगको प्लाष्टिकको बोरा भित्र गम्छामा बाँधी राखेको नेपाली रु. १,०००
को नोट १०० थान र नेपाली रु. ५०० को नोट ९०० थान पैसा फेला पारी उक्त रकम,
मोटरसाईकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान
गरिरहेषको छ ।