फरार कैदी नियन्त्रणमा
२०८२-१०-०२
- A
- A-
- A+
सर्लाही, हरिवन नगरपालिका वडा नं. ०३ डाबरी टोलबाट GEN-Z को आन्दोलनको क्रममा कारागार कार्यालय जलेशवरबाट फरार रहेका कैदी सर्लाही हरिवन नगरपालिका वडा नं. ०३ बस्ने मुनिलाल साहको छोरा अन्दाजि बर्ष ३४ को फेकन साहलाई बिहिबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको गस्ती टोलिले गोप्य सुचनाको आधारमा चेकजाँच गर्ने क्रममा निज लागु औषध गाँजा मुद्दाको फरार कैदीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।