लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-१०-०९
- A
- A-
- A+
१.
सिरहा, सिरहा नगरपालिका वडा नं. ०३ मखनहा
चौकबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लाष्टिक सहित १५ ग्राम ४८०
मिलिग्राम, BR
32 X 6960 नं.को मोटरसाइकल सहित सिरहा नगरपालिका वडा नं. १५ सुकचैना
बस्ने रविन्द्र यादवको छोरा अन्दाजि वर्ष २० को चन्दन कुमार यादव र सोही स्थानमा
बस्ने नागेश्वर यादव छोरा अन्दाजि बर्ष १९ को जितेन्द्र कुमार यादवलाई बिहिबार
दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहा र लागू औषध
नियन्त्रण कार्यालयको शाखा कार्यालय गोलबजारबाट खटिएको संयुक्त प्रहरी चेकिङ्
टोलिले बिशेष सुचनाको अधारमा भारतबाट नेपाल तर्फ आउदै गरेको उक्त मोटरसाइकललाई
नियन्त्रणमा लिई चेकजाँच गर्दा मोटरसाइकलमा पछाडी सवार रहेको निज जितेन्द्र कुमार
यादवले बायाँ हातमा कालो प्लाष्टिकमा लुकाइ छिपाइ गरी राखेको अवस्थाबाट उक्त
ब्राउन सुगर जस्तो देखिने लागू औषध फेला पारी लागू औषध र मोटरसाइकल सहित निजहरुलाई
नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।