लाईटर पेस्तोल(नक्कली ) सहित मानिस नियन्त्रणमा
२०८२-१०-०९
- A
- A-
- A+
१. पर्सा, बिरगंज महानगरपालिका वडा नं. १६ शंखचार्य गेटबाट चाइनिज पेस्तोल आकारको देखिने लाइटर पेस्तोल थान-१ सहित भारत उडिसा जिल्ला पिपुली पुरी सतासंखा जसौपुर बस्ने मगुनी बेहेराको छोरा वर्ष ३४ को दिपक बेहेरा, भारत उडिसा जिल्ला बलासोरे पोष्ट निमातपुर वस्ने माधव जेनाको छोरा अन्दाजि वर्ष ३५ को ललित लोचन जेना र भारत झारखण्ड राज्य जिल् पुर्वी सिंघभुम पोष्ट बरिधिह क्लोनी जमसेदपुर वस्ने बिध्याधर मुण्डाको छोरी अ.वर्ष ३३ की सुस्मिता मुण्डलाई बिहिबार बेलुँका प्रहरीले नियन्त्रणमा लिएको छ । बिरगंज – रक्सौल सडक खण्डमा प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी चेकिङ् टोलिले नेपाल बाट भारत तर्फ जादै गरेका सवारी तथा पैदल मानिसहरु चेक जाच गर्ने क्रममा सार्वजनिक सवारी साधनमा सवार भई भारत तर्फ जादै गरेको निजहरुलाई शंका लागी चेकजाँच गर्दा निज दिपक बेहोराले बोकेको प्लाष्टिकको झोला भित्र लुकाइ छिपाइ राखेको चाइनिज पेस्तोल आकारको देखिने लाइटर पेस्तोल थान-१ फेला पारी पेस्तोल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।