लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-१०-१०
- A
- A-
- A+
१.
पर्सा, बिरगंज महानगरपालिका वडा नं. १६
राजतजयन्ती चौकबाट लागू औषध NITZASEN-10 १० पत्तामा १०० पिस,चाईनिज पेस्तोल जस्तो देखिने AIR GUN थान-१, ऐ.को म्याजिन थान-१, ऐ.को Spare pellate Capsules थान-६, ऐ.को राउण्ड -३ बट्टा सहित देश भारत कोलकता घर भएका वर्ष ३९ को
विनायक सेन गुप्तालाई शुक्रबार बेलुँका प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी
चौकी इनर्वा पर्साबाट खटिएको प्रहरी चेकिङ् टोलिले भारतबाट नेपाल तर्फ आउदै गरेका
सवारी साधन तथा पैदल यात्रीहरुलाई चेकजाँच गर्ने क्रममा सार्वजनिक सवारी साधनमा
सवार निज विनायक सेन गुप्तालाई शंका लागी चेकजाँच गर्दा निजले शरिरको छातिको भागमा
टेपले बेरी लुकाई छिपाई ल्याउदै गरेको अवस्थाबाट उक्त लागू औषध फेला पारेको तथा
निजले बोकेको कालो झोला भित्र लुकाई छुपाई राखेको चाईनिज पेस्तोल जस्तो देखिने AIR GUN फेला पारी लागू औषध र AIR GUN सहित निजलाई
नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
महोत्तरी, बर्दिबास
नगरपालिका वडा नं. ०५ माईस्थान चोकबाट १ किलोग्राम लागू औषध गाँजा सहित जिल्ला
महोत्तरी बर्दिबास नगरपालिका वडा नं. ०३ बस्ने अन्दाजि बर्ष ५२ को कृष्ण बहादुर दमाईलाई
शुक्रबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । माईस्थान चोक स्थित पुर्व-पश्चिम
लोकमार्गमा अस्थाई प्रहरी पोष्ट माईस्थानबट खटिएको ट्राफिक सहितको चेकिङ् टोलिले
गौशालाबाट बर्दिबास तर्फ आउदै गरेको प्रदेश १-०१-००१ ह ७७३९ नं.को यात्रु बाहक
अटोलाई चेकजाच गर्ने क्रममा सोहि अटोमा सवार निज कृष्ण बहादुर दमाईले खैरो हेन्ड
ब्यागमा लुकाई छिपाई राखेको उक्त लागू औषध गाँजा फेला पारी लागू औषध सहित निजलाई
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।
३.
सर्लाही, हरिवन नगरपालिका वडा नं. ०३ डाबरी
माने टोलबाट बेवारिसे २० किलो ९५१ ग्राम लागू औषध गाँजा सहित ना २८ प५७२५ नं.को
पल्सर मोटरसाइकल र on
test NS पल्सर मोटरसाइकलहरु शुक्रबार साँझ प्रहरीले नियन्त्रणमा
लिएको छ । मोटरसाइकलहरुमा लागू औषध जागाँ ओसार पसार भईरहेको भन्ने गोप्य सुचनाको
आधारमा इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीबाट खटिएको प्रहरी टोलिले डाबरी माने
टोल बस्ने बाबु बलको घर पछाडी वरिपरी खोजतलास गर्दा निजको बारीमा रहेको गोबरको
थुप्रो छेउमा लुकाई छिपाई राखिएको अवस्थामा जेब्रा झोला भित्र रातो प्लाष्टिकमा
डोरीले बेरेको २ वटा पोका, रातो प्लाष्टिकको झोलामा डोरीले
बेरेको १ पोका र पिंक रङ्गको झोला भित्र रातो प्लाष्टिकमा डोरीले बेरेको १ पोका
गरी जम्मा ४ वटा पोकामा बेवारिसे लागू औषध गाँजा र सोही स्थानमा उक्त दुई वटै
मोटरसाइकल समेत फेला पारी लागू औषध सहित मोटरसाइकलहरु नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।