लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-१०-११
- A
- A-
- A+
१.
पर्सा, ठोरी गाउँपालिका वडा नं. ०४ बिशाल
चोकबाट प्लाष्टिक सहित ५५ किलोग्राम लागू औषध गाँजा सहित सोही स्थानमा बस्ने भिम
बहादुर श्रेष्ठको छोरा अन्दाजि बर्ष ३४ को सुरेश श्रेष्ठलाई शनिबार बेलुँका प्रहरीले
नियन्त्रणमा लिएको छ । बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको
प्रहरी चेकिङ् टोलिले निज सुरेश श्रेष्ठको घर खानतलासी लुकाई छिपाई गरी राखेको ५
वटा पोकामा उक्त लागू औषध गाँजा फेला पारी लागू औषध सहित निजलाई नियन्त्रणमा लिएको
हो । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
पर्सा, बिरगंज महानगरपालिका वडा नं. २५ मौजे
सिर्सियाबाट ७८० ग्राम लागू औषध गाँजा, साइकल थान-१ सहित पर्सा पर्सागढी नगरपालिका
वडा नं. ०२ गोडपसरा बस्ने स्व.रामदत माझीको छोरा अन्दाजि बर्ष १९ को मनोज कुमार
माझी र पर्सागढी नगरपालिका वडा नं. ०९ बडेर्वा बस्ने राजबंशी माझीको छोरा अन्दाजि
बर्ष २९ को मनोज माझीलाई शनिबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी
सिर्सिया पर्साबाट खटिएको प्रहरी चेकिङ् टोलिले नेपालबाट भारत तर्फ जादै गरेको निज
मनोज कुमार माझीले चलाएको साईकललाई नियन्त्रणमा लिई चेकजाँच गर्दा साईकलको पछाडीको
कैरियरमा राखिएको कालो रंगको प्लाष्टिकको झोला माथी मनोज माझीले च्यापी बसी लुकाई
छिपाई गरी राखेको अवस्थाबाट लागू औषध गाँजा फेला पारी लागू औषध र साईकल सहित
निजहरुलाई नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
३.
सिरहा, सिरहा नगरपालिका वडा नं. १५ बुधौराबाट
प्लाष्टिक सहित ०.४०२ मिलिग्राम र प्लाष्टिक बाहेक ०.१६० मिलिग्राम लागू औषध
ब्राउन सुगर जस्तो देखिने पदार्थ, BR 33 AN 5960 नं.को मोटरसाइकल
सहित श भारत बिहार राज्य कमलावारी फुलकाहा १ बस्ने लक्ष्मि यादवको छोरा अन्दाजि
वर्ष ४५ को शिया शरण यादवलाई शनिबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला
प्रहरी कार्यालय सिरहा र प्रहरी चौकी खिरौना सिरहाबाट खटिएको संयुक्त प्रहरी
टोलिले भारतबाट नेपाल तर्फ उदै गरेको उक्त मोटरसाइकल रोकी चेकजाँच गर्दा मोसाको
ह्याण्डलको एक्सिलेटर भित्र लुकाई छिपाई राखिएको उक्त लागू औषध ब्राउन सुगर जस्तो
देखिने पदार्थ फेला पारी लागू औषध र मोटरसाइकल सहित निजलाई नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।