प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा

२०८२-१०-१२

  • A
  • A-
  • A+
Share


१.      पर्सा, बिरगंज महानगरपालिका वडा नं. १५ कृष्ण प्रणामी चौकबाट  लागु औषध १ ग्राम २२० मिलिग्राम खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित बिरगंज महानगरपालिका वडा नं. १५ भेडियाही बस्ने छोटेलाल साह सोनारको छोरा अन्दाजि वर्ष २० को सनि सर्राफ, बारा कलैया उप-महानगरपालिका वडा नं. ०२ राजदेवी टोल बस्ने मुकेश सर्राफको छोरा अन्दाजि वर्ष १९ को अनुराग कुमार सर्राफपर्सा विश्रामपुर गाउँपालिका वडा नं.५ बस्ने लालबाबु साह सोनारको छोरा अन्दाजि वर्ष १८ को साहिल सर्राफलाई आईतबार प्रहरीले नियन्त्रणमा लिएको छ । कृष्ण प्रणामी चोक स्थित रहेको सत्यम होटेलको कोठामा लागु औषध खैरो हिरोईन साथमा राखिरहेको छ भनि विशेष सुचनाको आधारमा प्रहरी चौकी बसपार्क पर्साबाट खटिएको प्रहरी टोलीले उक्त कोठा भाडामा लिई बसिरहेका मानिसहरुलाई पालैपालो चेकजाँच गर्दा निज सनि सर्राफले आफ्नो दाहिने हातको पंजामा लुकाई छिपाई राखेको सेतो रंगको प्लाष्टिकमा गिलो अवस्थामा रहेको लागु औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक सहित ४४० मिलि ग्राम, अनुराग कुमार सर्राफ आफ्नो हातको पंजामा लुकाई छिपाई राखेको सेतो रंगको प्लाष्टिकमा गिलो अवस्थामा रहेको लागु औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक सहित ७८० मिलि ग्राम गरी जम्मा लागु औषध फेला पारी लागू औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

२.      धनुषा, बिदेह नगरपालिका वडा नं. ०१ हनुमान चोकबाट लागु औषध प्लाष्टिक सहित ५३.३३० ग्रा, प्लाष्टिक बाहेक ४९.८१० ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ, BR32AA5992 नम्बरको मोटरसाइकल सहित देश भारत मधुवनी जिल्ला हल्दिया बस्ने लालबाबु ठाकुरको छोरा अन्दाजि वर्ष २८ को गौतम कुमार ठाकुरलाई आइतबार बेलुँका प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी ठाडीझीझा धनुषाबाट खटिएको प्रहरी गस्ती टोलिले भारतबाट नेपाल तर्फ आउँदै गरेको उक्त मोटरसाइकललाई रोकी चेकजाँच गर्दा निज गौतम कुमार ठाकुरले पाईन्टको वायाँ साइडको खल्तीमा लुकाई छिपाई गरी राखेको लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारी लागु औषध र मोटरसाइकल सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अबैध भन्सार छलीको समानहरु नियन्त्रणमा
२०८२-१०-१२

१.      पर्सा, बिरगंज महानगरपालिका वडा नं. ०७ रेल्वे रोड स्थितबाट अन्दाजि रु. ३०,००,०००/- ( तिस लाख ) मुल्य बराबरको भन्सार चोरी पैठारी तथा राजस्व छली गरी अवैध रुपमा स्टोक गरी राखिएको स्टेशनरी, किराना लगायतका खुद्रा समानहरु (पेन्सिल, ईरेजर, कट्टर, तास, टेप, बेलुन, लाईटर, रबर, जिविया, गुच्चा, रुई) आइतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । बिकास गोयलले संचालन गर्दै आएको बिन्दु गोयलको नाममा दर्ता रहेको एस.बि. ट्रेडिङ्ग बिरगंज पर्सामा भन्सार चोरी पैठारी तथा राजस्व छली गरी अवैध रुपमा समानहरु स्टोक गरी राखिएको गोप्य सुचानाको आधारमा जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बिर्ता पर्साबाट  खटिएको संयुक्त प्रहरी टोलीले उक्त भन्सार चोरी पैठारी तथा राजस्व छली गरी अवैध रुपमा राखिएका समानहरु बरामद गरी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-१०-११

१.      पर्सा, ठोरी गाउँपालिका वडा नं. ०४ बिशाल चोकबाट प्लाष्टिक सहित ५५ किलोग्राम लागू औषध गाँजा सहित सोही स्थानमा बस्ने भिम बहादुर श्रेष्ठको छोरा अन्दाजि बर्ष ३४ को सुरेश श्रेष्ठलाई शनिबार बेलुँका प्रहरीले नियन्त्रणमा लिएको छ । बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी चेकिङ् टोलिले निज सुरेश श्रेष्ठको घर खानतलासी लुकाई छिपाई गरी राखेको ५ वटा पोकामा उक्त लागू औषध गाँजा फेला पारी लागू औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      पर्सा, बिरगंज महानगरपालिका वडा नं. २५ मौजे सिर्सियाबाट ७८० ग्राम लागू औषध गाँजा, साइकल थान-१ सहित पर्सा पर्सागढी नगरपालिका वडा नं. ०२ गोडपसरा बस्ने स्व.रामदत माझीको छोरा अन्दाजि बर्ष १९ को मनोज कुमार माझी र पर्सागढी नगरपालिका वडा नं. ०९ बडेर्वा बस्ने राजबंशी माझीको छोरा अन्दाजि बर्ष २९ को मनोज माझीलाई शनिबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी सिर्सिया पर्साबाट खटिएको प्रहरी चेकिङ् टोलिले नेपालबाट भारत तर्फ जादै गरेको निज मनोज कुमार माझीले चलाएको साईकललाई नियन्त्रणमा लिई चेकजाँच गर्दा साईकलको पछाडीको कैरियरमा राखिएको कालो रंगको प्लाष्टिकको झोला माथी मनोज माझीले च्यापी बसी लुकाई छिपाई गरी राखेको अवस्थाबाट लागू औषध गाँजा फेला पारी लागू औषध र साईकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३.      सिरहा, सिरहा नगरपालिका वडा नं. १५ बुधौराबाट प्लाष्टिक सहित ०.४०२ मिलिग्राम र प्लाष्टिक बाहेक ०.१६० मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ, BR 33 AN 5960 नं.को मोटरसाइकल सहित श भारत बिहार राज्य कमलावारी फुलकाहा १ बस्ने लक्ष्मि यादवको छोरा अन्दाजि वर्ष ४५ को शिया शरण यादवलाई शनिबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहा र प्रहरी चौकी खिरौना सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलिले भारतबाट नेपाल तर्फ उदै गरेको उक्त मोटरसाइकल रोकी चेकजाँच गर्दा मोसाको ह्याण्डलको एक्सिलेटर भित्र लुकाई छिपाई राखिएको उक्त लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारी लागू औषध र मोटरसाइकल सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-१०-१०

१.      पर्सा, बिरगंज महानगरपालिका वडा नं. १६ राजतजयन्ती चौकबाट लागू औषध NITZASEN-10 १० पत्तामा १०० पिस,चाईनिज  पेस्तोल जस्तो देखिने AIR GUN थान-१, ऐ.को म्याजिन थान-१, ऐ.को Spare pellate Capsules थान-६, ऐ.को राउण्ड -३ बट्टा सहित देश भारत कोलकता घर भएका वर्ष ३९ को विनायक सेन गुप्तालाई शुक्रबार बेलुँका प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी इनर्वा पर्साबाट खटिएको प्रहरी चेकिङ् टोलिले भारतबाट नेपाल तर्फ आउदै गरेका सवारी साधन तथा पैदल यात्रीहरुलाई चेकजाँच गर्ने क्रममा सार्वजनिक सवारी साधनमा सवार निज विनायक सेन गुप्तालाई शंका लागी चेकजाँच गर्दा निजले शरिरको छातिको भागमा टेपले बेरी लुकाई छिपाई ल्याउदै गरेको अवस्थाबाट उक्त लागू औषध फेला पारेको तथा निजले बोकेको कालो झोला भित्र लुकाई छुपाई राखेको चाईनिज  पेस्तोल जस्तो देखिने AIR GUN फेला पारी लागू औषध र AIR GUN सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      महोत्तरी, बर्दिबास नगरपालिका वडा नं. ०५ माईस्थान चोकबाट १ किलोग्राम लागू औषध गाँजा सहित जिल्ला महोत्तरी बर्दिबास नगरपालिका वडा नं. ०३ बस्ने अन्दाजि बर्ष ५२ को कृष्ण बहादुर दमाईलाई शुक्रबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । माईस्थान चोक स्थित पुर्व-पश्चिम लोकमार्गमा अस्थाई प्रहरी पोष्ट माईस्थानबट खटिएको ट्राफिक सहितको चेकिङ् टोलिले गौशालाबाट बर्दिबास तर्फ आउदै गरेको प्रदेश १-०१-००१ ह ७७३९ नं.को यात्रु बाहक अटोलाई चेकजाच गर्ने क्रममा सोहि अटोमा सवार निज कृष्ण बहादुर दमाईले खैरो हेन्ड ब्यागमा लुकाई छिपाई राखेको उक्त लागू औषध गाँजा फेला पारी लागू औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३.      सर्लाही, हरिवन नगरपालिका वडा नं. ०३ डाबरी माने टोलबाट बेवारिसे २० किलो ९५१ ग्राम लागू औषध गाँजा सहित ना २८ प५७२५ नं.को पल्सर मोटरसाइकल र on test NS पल्सर मोटरसाइकलहरु शुक्रबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाइकलहरुमा लागू औषध जागाँ ओसार पसार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीबाट खटिएको प्रहरी टोलिले डाबरी माने टोल बस्ने बाबु बलको घर पछाडी वरिपरी खोजतलास गर्दा निजको बारीमा रहेको गोबरको थुप्रो छेउमा लुकाई छिपाई राखिएको अवस्थामा जेब्रा झोला भित्र रातो प्लाष्टिकमा डोरीले बेरेको २ वटा पोका, रातो प्लाष्टिकको झोलामा डोरीले बेरेको १ पोका र पिंक रङ्गको झोला भित्र रातो प्लाष्टिकमा डोरीले बेरेको १ पोका गरी जम्मा ४ वटा पोकामा बेवारिसे लागू औषध गाँजा र सोही स्थानमा उक्त दुई वटै मोटरसाइकल समेत फेला पारी लागू औषध सहित मोटरसाइकलहरु नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लाईटर पेस्तोल(नक्कली ) सहित मानिस नियन्त्रणमा
२०८२-१०-०९

१.      पर्सा, बिरगंज महानगरपालिका वडा नं. १६ शंखचार्य गेटबाट चाइनिज पेस्तोल आकारको  देखिने लाइटर पेस्तोल थान-१ सहित भारत उडिसा जिल्ला पिपुली पुरी सतासंखा जसौपुर बस्ने मगुनी बेहेराको छोरा वर्ष ३४ को दिपक बेहेरा, भारत उडिसा जिल्ला बलासोरे पोष्ट निमातपुर वस्ने माधव जेनाको छोरा अन्दाजि वर्ष ३५ को ललित लोचन जेना र भारत झारखण्ड राज्य जिल् पुर्वी सिंघभुम पोष्ट बरिधिह क्लोनी जमसेदपुर वस्ने बिध्याधर मुण्डाको छोरी  अ.वर्ष ३३ की सुस्मिता मुण्डलाई बिहिबार बेलुँका प्रहरीले नियन्त्रणमा लिएको छ । बिरगंज – रक्सौल सडक खण्डमा प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी चेकिङ् टोलिले नेपाल बाट भारत तर्फ जादै गरेका सवारी तथा पैदल मानिसहरु चेक जाच गर्ने क्रममा सार्वजनिक सवारी साधनमा सवार भई भारत तर्फ जादै गरेको निजहरुलाई शंका लागी चेकजाँच गर्दा निज दिपक बेहोराले बोकेको प्लाष्टिकको झोला भित्र लुकाइ छिपाइ राखेको चाइनिज पेस्तोल आकारको देखिने लाइटर पेस्तोल थान-१ फेला पारी पेस्तोल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-१०-०९

   १.      सिरहा, सिरहा नगरपालिका वडा नं. ०३ मखनहा चौकबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लाष्टिक सहित १५ ग्राम ४८० मिलिग्राम, BR 32 X 6960 नं.को मोटरसाइकल सहित सिरहा नगरपालिका वडा नं. १५ सुकचैना बस्ने रविन्द्र यादवको छोरा अन्दाजि वर्ष २० को चन्दन कुमार यादव र सोही स्थानमा बस्ने नागेश्वर यादव छोरा अन्दाजि बर्ष १९ को जितेन्द्र कुमार यादवलाई बिहिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहा र लागू औषध नियन्त्रण कार्यालयको शाखा कार्यालय गोलबजारबाट खटिएको संयुक्त प्रहरी चेकिङ् टोलिले बिशेष सुचनाको अधारमा भारतबाट नेपाल तर्फ आउदै गरेको उक्त मोटरसाइकललाई नियन्त्रणमा लिई चेकजाँच गर्दा मोटरसाइकलमा पछाडी सवार रहेको निज जितेन्द्र कुमार यादवले बायाँ हातमा कालो प्लाष्टिकमा लुकाइ छिपाइ गरी राखेको अवस्थाबाट उक्त ब्राउन सुगर जस्तो देखिने लागू औषध फेला पारी लागू औषध र मोटरसाइकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।