अबैध भन्सार छलीको समानहरु नियन्त्रणमा
२०८२-१०-१२
- A
- A-
- A+
१. पर्सा, बिरगंज महानगरपालिका वडा नं. ०७ रेल्वे रोड स्थितबाट अन्दाजि रु. ३०,००,०००/- ( तिस लाख ) मुल्य बराबरको भन्सार चोरी पैठारी तथा राजस्व छली गरी अवैध रुपमा स्टोक गरी राखिएको स्टेशनरी, किराना लगायतका खुद्रा समानहरु (पेन्सिल, ईरेजर, कट्टर, तास, टेप, बेलुन, लाईटर, रबर, जिविया, गुच्चा, रुई) आइतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । बिकास गोयलले संचालन गर्दै आएको बिन्दु गोयलको नाममा दर्ता रहेको एस.बि. ट्रेडिङ्ग बिरगंज पर्सामा भन्सार चोरी पैठारी तथा राजस्व छली गरी अवैध रुपमा समानहरु स्टोक गरी राखिएको गोप्य सुचानाको आधारमा जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बिर्ता पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त भन्सार चोरी पैठारी तथा राजस्व छली गरी अवैध रुपमा राखिएका समानहरु बरामद गरी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।