प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा

२०८२-१०-१५

  • A
  • A-
  • A+
Share


१.      महोत्तरी, बर्दिबास नगरपालिका वडा नं. ०१ स्थित तामाकोशी होटेल अगाडीबाट प्लाष्टिक बाहेक ५१.९२० ग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ, २४१२ नम्बरको मोटरसाइकल सहित जिल्ला सर्लाही ईश्वरपुर नगरपालिका वडा नं. ०५ बस्ने नथुनी अंसारीको छोरा अन्दाजि बर्ष २८ को महमद गफार अंसारी र धनुषा क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ०५ महेन्द्रनगर घर भई हाल जि.महोत्तरी बर्दिबास नगरपालिका वडा नं. ०१ डेराभाडा गरी बस्ने बिरेन्द्र बहादुर थिङको छोरा अन्दाजि बर्ष ३१ को सुनिल कुमार थिङ तामाङ समेतलाई मंगरबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । बिशेष सुचनाको अधारमा इलाका प्रहरी  कार्यालय बर्दिबास महोत्तरी र लागु औषध नियन्त्रण ब्युरो, शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त प्रहरी टोलीले बर्दिबासबाट सिन्धुली तर्फ जादै गरेको उक्त मोटरसाइकलमाथी शंका लागि रोकी रितपुर्वक चेकजाँच गर्दा निज महमद गफार अंसारीले आफ्नो शरिरको गोप्य अंग मलद्धारमा सेतो प्लाष्टिकमा लुकाई छिपाई गरी राखेको प्लाष्टिक बाहेक ४९.०८० ग्राम र सुनिल कुमार थिङ तामाङको शरिर खानतलासी गर्दा आफ्नो पाईन्टको गोजीमा कालो प्लाष्टिकमा लुकाई छिपाई राखेको प्लाष्टिक बाहेक २.८४० ग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ गरी जम्मा लागु औषध फेला पारी लागु औषध र मोटरसाइकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

२.      बारा, जितपुरसिमरा उप-महानगरपालिका वडा नं. ०१ पथलैया चोकबाट १० किलो ९८ ग्राम लागू औषध गाँजा र बा ३१ प ३११२ नं. को स्कुटी सहित जिल्ला मकवानपुर भिमफेदी गाउँपालिका वडा नं. ०८ बस्ने अन्दाजि बर्ष ३१ को किरण घलानलाई बुधबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी चेकिङ् टोलिले हेटौडाबाट बिरगंज तर्फ आउदै गरेको उक्त स्कुटीमाथी शंका लागी रोकी चेकजाँच गर्दा स्कुटीमा पछाडी सवार नामग्याल घिसिङले बोकेको कालो झोला र जेब्रा झोला फाली फरार भएकोमा उक्त झोला खोली हेर्दा लागु औषध गाँजा फेला पारी लागु औषध र स्कुटी सहित स्कुटी चालकलाई नियन्त्रणमा लिई फरार रहेको व्यक्तिको खोजतलास कार्य भईरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

३.      रौतहट, गौर नगरपालिका वडा नं. ०१ भन्सार चेकपोष्टबाट Nitrazohm-10  ७ पिस Tablet, स्पासप्रो- 2 पिस Tablet Onscen-100ml को 1 बोतल लागु औषध सहित रौतहट गरुडा नगरपालिका वडा नं. ०५ बस्ने जगत नारायण राउतको छोरा अन्दाजि वर्ष २१ को रविशंकर मालीलाई बुधबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । भ.सु. गार्ड रौतहट र सशस्त्र प्रहरी बल नेपा सिमा सुरक्षा गुल्म हे. क्वा.गौरबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको निज पैदल रात्रीलाई रोकी चेकजाँच गर्दा निजको साथबाट उक्त लागु औषधहरु फेला पारी लागु औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-१०-२०

१.      महोत्तरी, बर्दिबास नगरपालिका-१४ गोलचक्रबाट अवैध लागूऔषध Spasmo-proxyvon-plus-७२ पिस, Nitrazepam IP १० mg-५० पिस Codeine(ONSCEN १०० ml को ३ बोत्तल-,RJT-SCEN-१ बोत्तल, Exiplon-१ बोत्तल सहित १ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिबास नगरपालिका चडा नं. १४ बस्ने अन्दाजि ३२ बर्षीय मो.रियाज अंसारी रहेका छन् । इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले औरहीबाट बर्दिबासतर्फ आउँदै गरेको प्रदेश २-०२-००१ प ६४५१ नम्बरको मोटरसाइकलमा सवार निजलाई उक्त पदार्थहरु सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      सिरहा, गोलबजार नगरपालिका-४ गोलचक्रबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय ७० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढीमाई नगरपालिका-१० बस्ने २० वर्षीय राधे श्याम साह र सोही नगरपालिका-५ बस्ने २४ वर्षीय रितिक कुमार सिंह रहेका छन् । इलाका प्रहरी कार्यालय गोलबजार र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरीले कसहाबाट गोलबजारतर्फ आउँदै गरेको मधेश प्रदेश ०१-००४ प ९३७३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-१०-१९

१.      बारा, परवानिपुर गाउँपालिका वडा नं. ०३ बजार चौकबाट प्लाष्टिक सहित २.२६० ग्राम लागु औषध ब्राउन सुगर जस्तो देखीने पदार्थ सहित जिल्ला मकवानपुर हेटौडा उप-महानगरपालिका वडा नं. ०३ बसमारी बस्ने रामकृष्ण ढुङ्गनाको छोरा अन्दाजि वर्ष २७ को म्याक दुङ्गाना र सोही स्थानमा बस्ने बृद्द बहादुर रिमलको छोरा अन्दाजि वर्ष २६ को सुदन रिमाल समेतलाई बिहिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय परवानिपुर बाराबाट खटिएको प्रहरी चेकिङ् टोलिले निज पैदल यात्रीहरुमाथी शँका लागी चेकजाँच गर्दा निज सुदन रिमालको पाईन्टको गोजिबाट कालो प्लाष्टिकमा बेरी लुकाई छिपाई राखेको ब्राउनसुगर जस्तो देखिने पदार्थ २ वटा पुरिया फेला पारी लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  २.      सिरहा, सिरहा नगरपालिका वडा नं. ०७ ट्राफिक चोकबाट ३.२२० ग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित जिल्ला सिरहा मिर्चैया नगरपालिका वडा नं. ०५ बस्ने मुकेश मण्डलको श्रीमती बर्ष २७ कि मनिषा कुमारी मण्डललाई बिहिबार बेलुँका प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी चेकिङ् टोलिले बिष्णुपुरबाट सिरहा तर्फ आउदै गरेको निज पैदल यात्रीलाई शंकालागी चेकजाँच गर्दा निजको साथबाट उक्त लागु औषध फेला पारी लागु औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३.      धनुषा,जनकपुर महानगरपालिका वडा नं. ०२ स्थितबाट NITZASCEN-10 १५ पत्तामा १५० पिस ट्याब्लेट लागु औषध सहित सिराहा कल्याणपुर नगरपालिका वडा नं. ०६ बस्ने हबिबुल मियाको छोरा अ न्दाजि बर्ष ३० को आफ्ताब राईनलाई शनिबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी जनकपुरधामबाट खटिएको प्रहरी गस्ती टोलिले कपिलेश्वरबाट जनकचोक तर्फ पैदल आउदै गरेको निज पैदल यात्रीलाई शंका लागी चेकजाँच गर्दा निजले पाईन्टको बाया खल्तीमा लुकाई छिपाई गरी राखेको उक्त लागु औषध फेला पारी लागु औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  ४.      पर्सा, ठोरी गाउँपालिका वडा नं. ०५ ठुलोबाघ स्थितबाट ४८.३०० किलोग्राम लागु औषध गाँजा सहित  ठोरी गाउँपालिका वडा नं. ०५ बस्ने बर्ष ५५ को चिनिलाल पाख्रीन र सोही वडा नं. ०४ बस्ने वर्ष ६० को छेठु पाख्रीन समेतलाई आइतबार बेलुँका प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय ठोरी र इलाका प्रहरी कार्यालय पटेर्वासुगौली पर्साबाट खटिएको संयुक्त प्रहरी चेकिङ् टोलिले गोप्य सुचनाको आधारमा निज चिनिलाल पाख्रिनको बाख्रा गोठ चेकजाँच गर्दा लुकाई छिपाई राखेको उक्त लागु औषध फेला पारी लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  ५.      सर्लाही, मलंगवा नगरपालिका वडा नं. ०८ नगरपालिका कार्यालय अगाडीबाट NITRAZEPAM १२ पिस र SPAS-PRAX ८ पिस लागु औषध सहित सर्लाही लालबन्दी नगरपालिका ०७ बस्ने अलि हुसेनको छोरा अन्दाजि वर्ष २० को राजा मन्सुरलाई आइतबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी गोरखकालीबाट खटिएको चेकिङ टोलीले भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको निजमाथी शंका लागी चेकजाँच गर्दा निजको साथबाट उक्त लागु औषध फेला पारी लागु औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  ६.      धनुषा, बिदेह नगरपालिका वडा नं. ०१ रेल्वे ट्रेकबाट ३९० मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ र ज १२ प ७६३८ नम्बरको मोटरसाइकल सहित धनुषा शहिदनगर नगरपालिका वडा नं. ०२ यदुकाहा बस्ने महेन्द्र ठाकुरको छोरा अन्दाजि वर्ष २४ को उमेश ठाकुरलाई आइतबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी ठाडीझिझाबाट खटिएको प्रहरी चेकिङ् टोलिले भारतबाट नेपाल तर्फ आउदै गतेको उक्त मोटरसाइकललाई रोकी चेकजाँच गर्दा निज उमेश ठाकुरले बोकेको मोबाईलको कोभर भित्र लुकाई छिपाई गरी राखेको उक्त लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारी लागु औषध र मोटरसाइकल सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  ७.       धनुषा, कमला नगरपालिका वडानं. ०३ लगमाबाट २९० मिलिग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने पदार्थ, one test  पल्सर मोटरसाइकल सहित सिरहा सिरहा न.पा. १७ पटेरवा बस्ने कारी महराको छोरा अन्दाजि वर्ष १९ को कृष्ण महरा,सोहि स्थानमा बस्ने प्रबोध मोचीको छोरा अन्दाजि वर्ष १९ को राहुल कुमार राम र सहो स्थानमा बस्ने दिपेन्द्र महराको छोरा अन्दाजि वर्ष १९ को दिनेश कुमार महरा समेतलाई आइतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी माची धनुषाबाट खटिएको प्रहरी गस्ति टोलीले सिरहाबाट धनुषाधाम तर्फ जादै गरेको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा मोटरसाइकलको पछाडी सवार निज दिनेश कुमार महराले लगाएको पाईन्टको अगाडी पट्टीको दाहिने खल्तिबाट उक्त लागु औषध खैरो हिरोईन जस्तो देखिने तरल पदार्थ फेला पारी लागु औषध र मोटरसाइकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अबैध भन्सार छलीको समान सहित ट्रक नियन्त्रणमा
२०८२-१०-१९

१.      सर्लाही, बागमती नगरपालिका वडा नं. १२ स्थित चेक प्वाईन्टबाट अबैध भन्सार छली ( बिल बिजक भन्दा फरक भएको ) टायर,चप्पल,केमिकल,हार्डवेयर लगायत खुद्रा समानहरु गरी अन्दाजि मुल्य रु.३९,४०,०५१।- (उन्चालिस लाख चालिस हजार एकाउन्न) बराबरको समान सहित ना ५ ख ३५५७ नम्बरको ट्रक बिहिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कर्मैया सर्लाहीबाट खटिएको प्रहरी चेकिङ टोलिले बिरगंजबाट धनुषा तर्फ आउदै गरेको उक्त ट्रकलाई चेक जाँच गर्ने क्रममा बिल बिजक भन्दा फरक समानहरु भएकोले सामान सहित उक्त ट्रकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको छ ।

चोरीको मो.सा. सहित मानिस नियन्त्रणमा
२०८२-१०-१५

१.      पर्सा, बिरगंज महानगरपालिका वडा नं. १४ बहुअरीबाट चोरिएको मधेश प्रदेश-२-०३-००५ प ८०८० नम्बरको YAMAHA FZ मोटरसाइकल सहित पर्सा पर्सागढी नगरपालिका वडा नं.०९ एकटागां बस्ने रुदल यादवको छोरा अन्दाजि वर्ष १९ को निरंजन यादवलाई सोमबार साझँ प्रहरीले नियन्त्रणमा लिएको छ । बहुअरी स्थित रहेको बिरगंज हेल्थ केयर अस्पताल प्रा.लि.को कम्पाउण्ड भित्र रहेको पार्किङ्ग एरियामा पार्किङ्ग गरिरहेको ठाउँबाट निज निरंजन यादवले चोरी गर्ने क्रममा मोटरसाइकल धनी आफ्ले निजलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अबैध भन्सार छलीको समान सहित ट्रक नियन्त्रणमा
२०८२-१०-१५

१.      बारा, जितपुरसिमरा उप- महानगरपालिका वडा नं. ०१ पथलैया चोक स्थित चेक प्वाईन्टबाट अबैध भन्सार छलीको ( बिल बिजक भन्दा फरक भएको ) समानहरु गरी अन्दाजि मुल्य रु. २७,५१,४१३ ।– (सत्ताईस लाख एकाउन्न हजार चार सय तेह्र ) बराबरको समान सहित ना ३ ख ७९८४ नम्बरको डिब्बा ट्रक मंगलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी चेकिङ टोलिले बिरगंजबाट नारायणघाट तर्फ जादै गरेको उक्त डिब्बा ट्रकलाई चेक जाँच गर्ने क्रममा बिल बिजक भन्दा फरक समानहरु भएकोले सामान सहित उक्त ट्रकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको छ ।