अबैध भन्सार छलीको समान सहित ट्रक नियन्त्रणमा
२०८२-१०-१५
- A
- A-
- A+
१.
बारा, जितपुरसिमरा उप- महानगरपालिका
वडा नं. ०१ पथलैया चोक स्थित चेक प्वाईन्टबाट अबैध भन्सार छलीको ( बिल बिजक भन्दा
फरक भएको ) समानहरु गरी अन्दाजि मुल्य रु. २७,५१,४१३ ।– (सत्ताईस लाख एकाउन्न हजार
चार सय तेह्र ) बराबरको समान सहित ना ३ ख ७९८४ नम्बरको डिब्बा ट्रक मंगलबार बिहान
प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी चेकिङ टोलिले
बिरगंजबाट नारायणघाट तर्फ जादै गरेको
उक्त डिब्बा ट्रकलाई चेक जाँच गर्ने क्रममा बिल बिजक भन्दा फरक समानहरु भएकोले
सामान सहित उक्त ट्रकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी
राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको छ ।