चोरीको मो.सा. सहित मानिस नियन्त्रणमा
२०८२-१०-१५
- A
- A-
- A+
१.
पर्सा, बिरगंज महानगरपालिका वडा नं. १४
बहुअरीबाट चोरिएको मधेश प्रदेश-२-०३-००५ प ८०८० नम्बरको YAMAHA FZ मोटरसाइकल सहित पर्सा पर्सागढी नगरपालिका वडा नं.०९ एकटागां बस्ने रुदल
यादवको छोरा अन्दाजि वर्ष १९ को निरंजन यादवलाई सोमबार साझँ प्रहरीले नियन्त्रणमा
लिएको छ । बहुअरी स्थित रहेको बिरगंज हेल्थ केयर अस्पताल प्रा.लि.को कम्पाउण्ड
भित्र रहेको पार्किङ्ग एरियामा पार्किङ्ग गरिरहेको ठाउँबाट निज निरंजन यादवले चोरी
गर्ने क्रममा मोटरसाइकल धनी आफ्ले निजलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको
हो । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।