फरार कैदी/बन्दी नियन्त्रणमा
२०८२-१०-१५
- A
- A-
- A+
१.
पर्सा, बिरगंज महानगरपालिका वडा नं. १५ रामनगर
चौकबाट GEN-Z
को आन्दोलनको क्रममा केन्द्रिय कारागार काठमाण्डौंबाट फरार रहेका
कैदी पर्सा बिरगंज महानगरपालिका वडा नं. १६ नगवा टोल बस्ने बिनोद प्रसाद चौरसियाको
छोरा अन्दाजि बर्ष २३ को प्रविन चौरसियालाई बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा
लिएको छ । प्रहरी चौकी भिष्वागाउँ र प्रहरी चौकी बसपार्कबाट खटिएको संयूक्त गस्ती
टोलिले गोप्य सुचनाको आधारमा चेकजाँच गर्ने क्रममा निज ठगी मुद्दाको फरार कैदीलाई
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।