लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-१०-१९
- A
- A-
- A+
१.
बारा, परवानिपुर गाउँपालिका वडा नं. ०३ बजार
चौकबाट प्लाष्टिक सहित २.२६० ग्राम लागु औषध ब्राउन सुगर जस्तो देखीने पदार्थ सहित
जिल्ला मकवानपुर हेटौडा उप-महानगरपालिका वडा नं. ०३ बसमारी बस्ने रामकृष्ण
ढुङ्गनाको छोरा अन्दाजि वर्ष २७ को म्याक दुङ्गाना र सोही स्थानमा बस्ने बृद्द
बहादुर रिमलको छोरा अन्दाजि वर्ष २६ को सुदन रिमाल समेतलाई बिहिबार दिउँसो
प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय परवानिपुर बाराबाट खटिएको
प्रहरी चेकिङ् टोलिले निज पैदल यात्रीहरुमाथी शँका लागी चेकजाँच गर्दा निज सुदन
रिमालको पाईन्टको गोजिबाट कालो प्लाष्टिकमा बेरी लुकाई छिपाई राखेको ब्राउनसुगर
जस्तो देखिने पदार्थ २ वटा पुरिया फेला पारी लागु औषध सहित निजहरुलाई नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
सिरहा, सिरहा नगरपालिका वडा नं. ०७ ट्राफिक
चोकबाट ३.२२० ग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित जिल्ला सिरहा मिर्चैया
नगरपालिका वडा नं. ०५ बस्ने मुकेश मण्डलको श्रीमती बर्ष २७ कि मनिषा कुमारी
मण्डललाई बिहिबार बेलुँका प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय
सिरहाबाट खटिएको प्रहरी चेकिङ् टोलिले बिष्णुपुरबाट सिरहा तर्फ आउदै गरेको निज पैदल
यात्रीलाई शंकालागी चेकजाँच गर्दा निजको साथबाट उक्त लागु औषध फेला पारी लागु औषध
सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।
३.
धनुषा,जनकपुर महानगरपालिका वडा नं. ०२
स्थितबाट NITZASCEN-10 १५ पत्तामा १५० पिस ट्याब्लेट लागु
औषध सहित सिराहा कल्याणपुर नगरपालिका वडा नं. ०६ बस्ने हबिबुल मियाको छोरा अ
न्दाजि बर्ष ३० को आफ्ताब राईनलाई शनिबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी जनकपुरधामबाट खटिएको प्रहरी गस्ती टोलिले कपिलेश्वरबाट जनकचोक तर्फ
पैदल आउदै गरेको निज पैदल यात्रीलाई शंका लागी चेकजाँच गर्दा निजले पाईन्टको बाया
खल्तीमा लुकाई छिपाई गरी राखेको उक्त लागु औषध फेला पारी लागु औषध सहित निजलाई
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
४.
पर्सा, ठोरी गाउँपालिका वडा नं. ०५ ठुलोबाघ
स्थितबाट ४८.३०० किलोग्राम लागु औषध गाँजा सहित
ठोरी गाउँपालिका वडा नं. ०५ बस्ने बर्ष ५५ को चिनिलाल पाख्रीन र सोही वडा
नं. ०४ बस्ने वर्ष ६० को छेठु पाख्रीन समेतलाई आइतबार बेलुँका प्रहरीले
नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय ठोरी र इलाका प्रहरी कार्यालय
पटेर्वासुगौली पर्साबाट खटिएको संयुक्त प्रहरी चेकिङ् टोलिले गोप्य सुचनाको आधारमा
निज चिनिलाल पाख्रिनको बाख्रा गोठ चेकजाँच गर्दा लुकाई छिपाई राखेको उक्त लागु औषध
फेला पारी लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।
५.
सर्लाही, मलंगवा नगरपालिका वडा नं. ०८
नगरपालिका कार्यालय अगाडीबाट NITRAZEPAM १२ पिस र SPAS-PRAX ८ पिस लागु औषध सहित सर्लाही लालबन्दी नगरपालिका ०७ बस्ने अलि हुसेनको
छोरा अन्दाजि वर्ष २० को राजा मन्सुरलाई आइतबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ
। प्रहरी चौकी गोरखकालीबाट खटिएको चेकिङ टोलीले भारतबाट नेपाल तर्फ पैदल आउदै
गरेको निजमाथी शंका लागी चेकजाँच गर्दा निजको साथबाट उक्त लागु औषध फेला पारी लागु
औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।
६.
धनुषा, बिदेह नगरपालिका वडा नं. ०१ रेल्वे
ट्रेकबाट ३९० मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ र ज १२ प ७६३८
नम्बरको मोटरसाइकल सहित धनुषा शहिदनगर नगरपालिका वडा नं. ०२ यदुकाहा बस्ने
महेन्द्र ठाकुरको छोरा अन्दाजि वर्ष २४ को उमेश ठाकुरलाई आइतबार साँझ प्रहरीले
नियन्त्रणमा लिएको छ । प्रहरी चौकी ठाडीझिझाबाट खटिएको प्रहरी चेकिङ् टोलिले
भारतबाट नेपाल तर्फ आउदै गतेको उक्त मोटरसाइकललाई रोकी चेकजाँच गर्दा निज उमेश
ठाकुरले बोकेको मोबाईलको कोभर भित्र लुकाई छिपाई गरी राखेको उक्त लागु औषध ब्राउन
सुगर जस्तो देखिने पदार्थ फेला पारी लागु औषध र मोटरसाइकल सहित निजलाई नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
७.
धनुषा, कमला नगरपालिका
वडानं. ०३ लगमाबाट २९० मिलिग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने पदार्थ, one
test पल्सर मोटरसाइकल सहित सिरहा
सिरहा न.पा. १७ पटेरवा बस्ने कारी महराको छोरा अन्दाजि वर्ष १९ को कृष्ण महरा,सोहि
स्थानमा बस्ने प्रबोध मोचीको छोरा अन्दाजि वर्ष १९ को राहुल कुमार राम र सहो
स्थानमा बस्ने दिपेन्द्र महराको छोरा अन्दाजि वर्ष १९ को दिनेश कुमार महरा समेतलाई
आइतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी माची धनुषाबाट खटिएको
प्रहरी गस्ति टोलीले सिरहाबाट धनुषाधाम तर्फ जादै गरेको मोटरसाइकललाई रोकी चेकजाँच
गर्दा मोटरसाइकलको पछाडी सवार निज दिनेश कुमार महराले लगाएको पाईन्टको अगाडी
पट्टीको दाहिने खल्तिबाट उक्त लागु औषध खैरो हिरोईन जस्तो देखिने तरल पदार्थ फेला
पारी लागु औषध र मोटरसाइकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।