अबैध भन्सार छलीको समान सहित ट्रक नियन्त्रणमा
२०८२-१०-१९
- A
- A-
- A+
१.
सर्लाही, बागमती नगरपालिका वडा नं. १२
स्थित चेक प्वाईन्टबाट अबैध भन्सार छली ( बिल बिजक भन्दा फरक भएको ) टायर,चप्पल,केमिकल,हार्डवेयर लगायत खुद्रा समानहरु गरी अन्दाजि मुल्य
रु.३९,४०,०५१।- (उन्चालिस लाख चालिस हजार एकाउन्न) बराबरको समान सहित ना ५ ख ३५५७
नम्बरको ट्रक बिहिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी
कार्यालय कर्मैया सर्लाहीबाट खटिएको प्रहरी चेकिङ टोलिले बिरगंजबाट धनुषा तर्फ
आउदै गरेको उक्त ट्रकलाई चेक जाँच गर्ने क्रममा बिल बिजक भन्दा फरक समानहरु भएकोले
सामान सहित उक्त ट्रकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी
राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको छ ।