लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-१०-२०
- A
- A-
- A+
१.
महोत्तरी, बर्दिबास नगरपालिका-१४
गोलचक्रबाट अवैध लागूऔषध Spasmo-proxyvon-plus-७२ पिस, Nitrazepam
IP १० mg-५०
पिस Codeine(ONSCEN १०० ml को ३ बोत्तल-,RJT-SCEN-१ बोत्तल, Exiplon-१
बोत्तल सहित १ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बर्दिबास नगरपालिका चडा नं. १४ बस्ने अन्दाजि ३२ बर्षीय मो.रियाज
अंसारी रहेका छन् । इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्यूरो
शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले औरहीबाट बर्दिबासतर्फ आउँदै गरेको प्रदेश
२-०२-००१ प ६४५१ नम्बरको मोटरसाइकलमा सवार निजलाई उक्त पदार्थहरु सहित पक्राउ
गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
सिरहा, गोलबजार नगरपालिका-४ गोलचक्रबाट
अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय ७० मिलिग्राम सहित २
जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढीमाई नगरपालिका-१०
बस्ने २० वर्षीय राधे श्याम साह र सोही नगरपालिका-५ बस्ने २४ वर्षीय रितिक कुमार
सिंह रहेका छन् । इलाका प्रहरी कार्यालय गोलबजार र लागूऔषध नियन्त्रण ब्यूरो शाखा
कार्यालय गोलबजारबाट खटिएको प्रहरीले कसहाबाट गोलबजारतर्फ आउँदै गरेको मधेश प्रदेश
०१-००४ प ९३७३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको
हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।