लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-१०-२५
- A
- A-
- A+
१.
धनुषा, जनकपुर उप- महानगरपालिका-१
पुलचौकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय ५० मिलिग्राम सहित १
जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सहिदनगर नगरपालिका-४
घर भई हाल जि.धनुषा जनकपुर उप-महानगरपालिका-२ वकिल टोल बस्ने शिव नारायण गोहिबारको
छोरा अन्दाजि वर्ष १७ को श्याम गोहिबार रहेका छन् । वडा प्रहरी कार्यालय रेल्वे
धनुषाबाट खटिएको प्रहरीले पुलचोक स्थित रेल्वे ट्रयाक नजिकै कपिलेश्वरबाट पुलचोक
तर्फ आउँदै गरेको मधेश प्रदेश २-०२-००३ प १०६७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई
उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।
२.
सिरहा, बिष्णुपुर गाउँपालिका-१ सिरहा चौहर्वा
सडक खण्डबाट अवैध लागूऔषध NITRAZEPAM
TAB. १ पत्ता १०वटा ट्यावलेट, ज. १२ प. ३४६८ को मोटरसाइकल सहित २
जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका-८
मझाउ टोल बस्ने नरेश ठाकुरको छोरा अन्दाजि बर्ष २५ को जितेन्द्र ठाकुर र सोहि मोटरसाइकलमा
पछाडि सवार सोही स्थानमा बस्ने राम नारायण यादबको छोरा बर्ष २० को बिशम्बर यादब
रहेका छन् । इलाका प्रहरी कार्यालय बिष्णुपुरबाट
खटिएको प्रहरीले सिरहाबाट चौहर्वा तर्फ जादै गरेको उक्त मोटरसाइकललाई
चेकजाँच गर्दा निज बिशम्बर यादबको साथबाट उक्त पदार्थ फेला पारी लागू पदार्थ र
मोटरसाइकल सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।
३.
सिरहा, भगवानपुर
गाउँपालिका-३ अभयनगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम
सहित२१ जनालाई शनिबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बरियारपुरपट्टि
गाउँपालिका-०४ शिवनगर घर भई हाल जिल्ला सिरहा लहान नगरपालिका-१३ बस्ने चनरदेव
ठाकुर बरहीको छोरा अन्दाजि बर्ष १९ को दिलिप कुमार शर्मा र सोही नगरपालिका-२४
बस्ने मोहित
लाल यादवको छोरा अन्दाजि बर्ष १८ को रोशन कुमार यादव रहेका छन् । सश्स्त्र प्रहरी सुरक्षा
गुल्म इनर्वा सिरहाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको ना ५९ प ९३७५
नं. को मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
४.
धनुषा, मुखियापट्टी
मुसहरनिया गाउपालिका-६ बैरियाबाट बेवारिसे अवैध लागूऔषध गाँजा २२७ किलो ४२६ ग्राम
शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । अबैध रुपमा लागूऔषध गाँजा राखिरहेको
छ भनी गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषा र प्रहरी चौकी बहेडाबेला
धनुषाबाट खटिएको संयूक्त प्रहरीले उक्त स्थानमा गई चेकजाँच गर्दा बिशेस्वर यादवको
छोरा अन्दाजि बर्ष ५० को सिबन यादको गोठघरबाट १३ वटा पोका र सोही स्थानमा बस्ने अन्दाजि
बर्ष ४० को रामपृत यादवको केराउको खेतबाट तिनवाट बोरा भित्र राखेको २४ वटा पोकाबाट
गरी जम्मा उक्त लागूऔषध नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।