स्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा
२०८२-१०-२५
- A
- A-
- A+
१.
रौतहट, गौर नगरपालिका वडा नं. ०३ अदालत अगाडी
सडक खण्ड बाटो स्थितबाट स्रोत नखुलेको नेपाली रुपैयाँ रु.४,९९०००।– (अक्षरेपी चार
लाख उनानसय हजार),
BR 30 U 7247 नम्वरको मोटरसाइकल सहित गौर नगरपालिका-०१ बस्ने अन्दाजि
वर्ष ४४ को राकेश प्रसादलाई शुक्रबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी चेकिङ् टोलिले गौर भन्सार
कार्यालयबाट बि.पि.चोक तर्फ आउदै गरेको उक्त मोटतसाइकल माथि शंका लागि नियन्त्रणमा
लिई चेकजाँच गर्दा स्रोत नखुलेको नेपाली रकम रु.१००० को २९९ थान, रु.५०० को ४००
थान गरी माथी उल्लेखित जम्मा रकम फेला पारी स्रोत नखुलेको रकम र मोटरसाइकल सहित
निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ
।