हतियार (राईफल) फेला परेको सम्बन्धी
२०८२-१०-२५
- A
- A-
- A+
१.
पर्सा, वीरगंज महानगरपालिका वडा नं. २७ जसौली
टोलबाट एक नाले हतियार ( राईफल ) शनिबार साँझ प्रहरीले फेला पारी नियन्त्रणमा
लिएको छ । अस्थाई प्रहरी पोष्ट उदयपुरघुर्मीबाट खटिएको प्रहरी टोलीले बिशेष
सूचनाको आधारमा जसौली टोलको नहरमा होमपाईभित्र चरा मार्ने “Commando” लेखेको एक नाले हतियार (राईफल) बोराले छोपेको अवस्थामा फेला
पारी उक्त राईफल प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान
गरिरहेको छ ।